फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको मेडिसिटी अस्पताल विश्वस्तरीय अस्पतालको सूचीमा

(GMT+08:00) 2019-03-28 13:50:35

नेपाल मेडिसिटी अस्पतालले नेपालको पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल हेल्थ केयर प्रोभाइडर्स (एनएविएच) मान्यता प्राप्त गरी इतिहास रच्न सफल भएको छ। यो मान्यता प्राप्त भएसँगै मेडिसिटी अस्पताल विश्वस्तरीय अस्पतालको सूचीमा सूचीकृत भएको रातोपाटी अनलाइनले लेखेको छ।

अस्पतालको सेवा, जनशत्तिलका व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री पूर्वाधार तथा अन्तराष्ट्रिय मापदण्डको सही व्यवस्थापनले अस्पताल विश्वस्तरीय मापदण्डमा सूचीकृत हुन सफल भएको हो।

अस्पताल विश्वस्तरीय बन्न सफल भएको खुसीयालीमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले 'समृद्ध नेपाल, सुखी नेपाली' को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताउनुभयो। उहाँले खुशी र सुखी हुनका लागि समृद्धि भएर मात्र नपुग्ने भन्दै स्वस्थ्य पनि हुनुपर्ने धारणा राख्नुभयो।

आर्थिक समृद्धिका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ऊर्जा, सूचना प्रविधिलगायत सबै क्षेत्रमा तीव्र विकास र परिवर्तन ल्याउन सरकारले चाहेको उल्लेख गर्दै उहाँले यसका लागि सार्वजनिक, निजी र सहकारी समन्वयमा अगाडि बढ्ने नीति रहेको बताउनुभयो।

प्रधानमन्त्री ओलीले देशभित्रका सामथ्र्य र सीपलाई अधिकतम उपयोग गर्दै थप पूँजी र प्रविधि भित्र्याएर छिटो आर्थिक वृद्धिदर हासिल तथा विकासमा चमत्कार गर्न लागेको बताउनुभयो।

हरेक नेपालीलाई स्वस्थ्य बनाउन सरकारले सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने चर्चा गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवामा सरकारले दायित्व लिएको जानकारी दिनुभयो।

उहाँले बाह्य पूँजी र प्रविधिलाई देश र जनताको हितमा अधिकतरुपमा लगाउन लगानी सम्मेलन आयोजना गर्न लागिएको पनि बताउनुभयो। उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्दै गएको चर्चा गर्दै मिर्गौला, मुटु, आँखा रोगका उपचारमा सफलता प्राप्त गरेको बताउनुभयो।

समारोहलाई सम्बोधन गर्दै अस्पतालका अध्यक्ष उपेन्द्र महतोले उपचारको अभावमा कुनै नेपालीले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नाका लागि आफूले स्वास्थ्य क्षेत्रमा लगानी गरेको जानकारी दिँदै अस्पताल अगामी दिनमा विरामीको सेवामा तल्लीन रहने बताउनुभयो।

अस्पतालको सेवा, जनशक्ति व्यवस्थापन, प्रविधि, बिरामी मैत्री पूर्वाधार तथा मापदण्ड लगायतका क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सूचीकृत एनएविएचले गर्दछ। नेपालकोतर्फबाट सो सूचीमा पाउने नेपाल मेडिसिटी अस्पताल पहिलो बन्न पुगेको छ।

यसले अस्पताल र स्वास्थ्य सेवा प्रदायकको विभिन्न पद्धति र विधिबाट सूक्ष्म अनुगमन गरी स्वास्थ्य सेवा अन्तर्राष्ट्रियस्तरको हो भन्ने प्रत्याभूति गर्दछ। भारतका ठूला १७ हजार अस्पतालमध्ये ५९२ अस्पतालले मात्र एनएविएच प्राप्त गरेका छन्। भारत बाहिर फिलिपिन्सपछि नेपालको सो अस्पताले एनएविएच प्राप्त गरेको हो।

समारोहमा महतोलाई एनएविएचका कार्यकारी निर्देशक चिकित्सक हरिस नकर्नीले एनएविएचको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।

जानकारी तथा लेखहरु