फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

(GMT+08:00) 2019-03-28 17:28:00

काठमाडौँमा आज आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ। काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको सो मेलामा नेपाल,चीन, भारत, पाकिस्तान,बंगलादेश लगायतका मुलुकबाट आएका व्यवसायीहरुले आफ्ना सामानहरु प्रदर्शन गर्नेछन्।

आजको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तर्राष्ट्रिय व्यापार मेलालाई महत्व दिएको बताउनुभयो। उहाँले सम्बोधनका क्रममा अन्तर्राष्ट्रिय मेलाहरुको शृङ्खलाका रुपमा मात्र नरही यो मेला व्यवासायीहरुबीचमा सूचना आदानप्रदान गराउने मुख्य थलो पनि रहेको बताउनुभयो। पारस्परिक मित्रता र अनुभवहरुको आदानप्रदानमा यस्ता मेलाले अत्यन्त महत्वपूर्ण योगदान गर्ने कुरामा उहाँले विश्वास व्यक्त गर्नुभयो।

चीनको वाणिज्य मन्त्रालयको वैदेशिक व्यापार विकास व्युरोका उपप्रमुख हान शङ जेनले उद्घाटन समारोहमा चिनियाँ व्यवसायको छोटकरीमा जानकारी दिनुभयो। उहाँले भन्नुभयो 'अन्तर्राष्ट्रिय व्यापार मेला एउटा झ्याल हो। यो झ्याल मार्फत हामीले यो पवित्र देश नेपालका बारेमा जानकारी लिन पाएका छौँ।' धेरै भन्दा धेरै चिनियाँले नेपालको बारेमा जानकारी लिएको र गत वर्ष एक लाख ४० हजारभन्दा बढी चिनियाँले नेपालको भ्रमण गरेको उहाँले बताउनुभयो। थुप्रै चिनियाँले नेपालमा लगानी गर्ने र व्यवासय गर्ने चाहना पनि राखेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु