फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विकासबाट एसिया लाभान्वित हुने

(GMT+08:00) 2019-03-28 19:11:28

पो आउ एसियाली मञ्च २०१९ वार्षिक सम्मेलन आज मार्च २८ तारिख चीनको हाइनान प्रान्तको पो आउमा सुरु भएको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले आज विहान उद्धाटन समारोहलाई सम्बोधन गर्नुभएको थियो। दिउँसो उहाँले केही विदेशी पाहुनाहरूसित अन्तर्क्रिया गर्नुभएको छ। नेपाल टेलिभिजनका नायव महाप्रवन्धक नवराज नेपालीले अतिथिको रुपमा आजका दुइवटै महत्वपूर्ण कार्यक्रममा भाग लिनुभएको छ। कार्यक्रमपछि उहाँले सीआरआई नेपाली सेवालाई प्रतिक्रिया दिँदै भन्नुभयो 'पोआवो सम्मेलनमा भाग लिन पाउँदा म खुशी भएको छ। यहाँ आएर प्रत्यक्ष रुपमा हामीले चीनको विकास देख्न पायौँ। यसबाट छिमेकी राष्ट्र नेपाल लगायत सबैले अनुभव लिन सक्छन्। विश्वका लागि पनि चीन उदाउँदो शक्तिका रुपमा देखिएको छ र विश्वले चीनबाट फाइदा पाउन सक्छ।'

सीआरआई नेपाली सेवाका लागि

सुमेघा

पो आउ

हाइ नान

चीन

जानकारी तथा लेखहरु