फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा सहरबिनाको सहर विमोचित

(GMT+08:00) 2019-04-10 14:19:48

 

पैचिङस्थित चीनका लागि नेपाली दूतावासमा अप्रिल ९ तारिख एक साहित्यिक जमघटको आयोजना गरिएको छ। एउटा कविता सङ्ग्रहको विमोचनसहित साहित्य अनुरागीहरुले आ-आफ्ना कविता पनि वाचन गरिएको यस्तो साहित्यिक जमघट पहिलो पटक भएको दूतावासले जनाएको छ।

उक्त जमघट कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै राजदूत लीलामणि पौड्यालले साहित्य र भाषाको चर्चा गर्दै साहित्य समाजको ऐना भएको बताउनुभयो साथै राजनीतिक, आर्थिक र भाषा, संस्कृतिको सम्बन्धले अन्तरदेशीय सम्बन्ध आगामी दिनमा अझै बलियो बन्दै जाने विश्वास पनि व्यक्त गर्नुभयो। भाषाका माध्यमबाट चीन नेपाल सम्बन्ध झन् झन् प्रगाढ हुँदै गएको बताउँदै राजदूत पौड्यालले चीनले नेपाली भाषालाई महत्व दिएका कारण चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषा पढाइ हुने गरेको र चीनले नेपाली विद्यार्थीहरूलाई चिनियाँ भाषा सिकाउनसमेत प्राथमिकता दिएको बताउनुभयो।

यसैबीच साहित्यकार दामोदर पुडासैनी 'किशोर'को 'सहरबिनाको सहर' कविता सङ्ग्रह राजदूत लीलामणि पौड्यालले विमोचन पनि गर्नुभएको थियो। उक्त सङ्ग्रहमा समग्र मधेशलाई उतारिएको श्रष्टा पुडासैनीको भनाइ छ। साथै श्रष्टा पुडासैनीको साहित्य यात्रा सम्बन्धमा चर्चित उपन्यासकार शङ्कर भारतीले चर्चा गरेका थिए।

साथै कार्यक्रमलाई दामोदर पुडासैनी 'किशोर', वेदमणि घिमिरे 'गोविन्द', लक्ष्मी लम्साल 'लक्ष्मीपूजा', अजय अलौकिकले आ-आफ्ना कविता वाचन गरी वातावरणलाई साहित्यमय बनाएका थिए। उक्त जमघटमा उपन्यासकार शङ्कर भारती, नाट्यकर्मी सुलक्षण भारती, नियोग उपप्रमुख सुशिल कुमार लम्साल, मिनिस्टर काउन्सलर हरिशचन्द्र घिमिरे लगायत साहित्य अनुरागीको उपस्थिति थियो।

1  2  3  
जानकारी तथा लेखहरु