फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीको विदाइ

(GMT+08:00) 2019-04-10 15:52:34

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीलाई सरकारले बुधबार विदाइ गरेको छ। नापी विभागको टोलीलाई बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले विदाइ गर्नु भएको अनलाइन खबरले लेखेको छ।

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। उनीहरुसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न जाने छन्।

प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासमा उनीहरुलाई विदाई गर्नुभयो। विदाई कार्यक्रममा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको पनि सहभागिता थियो।

नेपालले आफैं सगरमाथाको उचाइ नाप्न लागेको यो पहिलो पटक हो। यसअघि सन् १९५४ मा भारतीय नापी विभागको टोलीले र १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ नापेका थिए। भारतीय टोलीले ८,८४८ र अमेरिकी टोलीले ८,८५० मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेका थिए। यद्यपि नेपालले अहिलेसम्म ८,८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ।

भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार सगरमाथाको उचाइ मापन गर्ने टोली बुधबारै सगरमाथातर्फ प्रस्थान गर्ने छ। टोलीले आउँदो डिसेम्बर महिनाभित्रै रिपोर्ट बुझाउने मन्त्रालयको विश्वास छ।

जानकारी तथा लेखहरु