फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जुगल हिमालको शिखरमा नेपाली महिलाद्वारा पहिलो पाइला

(GMT+08:00) 2019-04-10 15:53:37

मायाँ गुरुङले नेतृत्व गरेको सिन्धुपाल्चोकको आरोहण दलले पहिलो पटक जुगल हिमालमा पहिलो पाइला टेक्न सफल भएको छ। जुगल हिमालका ७ शिखरमध्ये शर्मिला थापा, प्रेम गुरुङ मिलन तामाङ सहितको आरोहण दलले ६ हजार १ सय ५१ मिटर अग्लो सो शिखर आरोहण गरेका नेपाल खबर अनलाइनले लेखेको छ।

आरोहण दलमा सिन्धुपाल्चोकका पूर्व सांसद सुवाष कर्माचार्य र सिन्धुपाल्चोकका नेकपा माधव सापकोटा (सुबोध) पनि सहभागी थिए। तर, उनीहरुको स्वास्थ्यमा समस्या आएपछि आरोहणयात्रा बीचैमा छाडेर फर्कन बाध्य भएको पत्रकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो।

काठमाडौँबाट प्रष्टसँग हिमसृङ्खलामध्येको एक जुगल हिमाल आरोहणका लागि पूर्व सांसदसहितको टोली अघिल्लो हप्ता त्यसतर्फ प्रस्थान गरेको थियो। टोलीको नेतृत्व गरेकी मायाँ गुरुङ सगरमाथा आरोहीपनि हुन्। केही बर्षअघि महिला पत्रकारसहितको टोलीसँग उनले सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

जुगल हिमाल सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्छ। ७ वटा हिमसृङ्खलाको समूहरुको रुपमा रहेको जुगलको सबैभन्दा अग्लो चुचुरो चाहिँ 'पूर्व ज्योज्यो' नामक शिखर हो।

विश्वको सर्वाेच्च शिखर रहेको नेपालमा सयौँ हिमशिखर रहेका छन्। तीमध्ये अधिकांस शिरखमा अहिलेसम्म मानव पाइला परेको छैन। त्यसमध्ये जुगल हिमालपनि एक थियो। तर, मंगलबार सिन्धुपाल्चोके टोलीले गरेको आरोहणसँगै जुगल पनि आरोहण भएको हिमालको पंक्तिमा परेको छ।

जानकारी तथा लेखहरु