फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२४ औँ वन्यजन्तु सप्ताह मनाइने

(GMT+08:00) 2019-04-11 13:41:06

नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा वैशाख १ देखि ७ गतेसम्म 'वन्यजन्तु सप्ताह' मनाइने भएको छ। विभागले हरेक वर्ष जस्तै यस वर्ष पनि 'वन्यजन्तु संरक्षणका लागि सहकार्य' भन्ने मूल नाराका साथ २४ औँ वन्यजन्तु सप्ताह मनाउन लागेको रातोपाटी अनलाइनले लेखेको छ।

सप्ताहअन्तर्गत वन परिसर बबरमहलमा होर्डिङबोर्ड अनावरण, प्राकृतिक स्रोत संरक्षण समितिका सांसदद्वारा चितवन राष्ट्रिय निकुन्जको अवलोकन तथा चिडियाखाना जावलाखेलमा अन्तरक्रिया, माइतीघरमण्डलामा विद्यार्थीद्वारा चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ।

यसैगरी, सूर्यविनायकमा चरा अवलोकन, पाटन दरबार क्षेत्रमा सरसफाइ, 'वन्यजन्तु संरक्षणका लागि सहकार्य' भन्ने शीर्षकमा कविता वाचन, पुरस्कार वितरण तथा समापन कार्यक्रम आयोजना गरिनेछ। विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले हरेक वर्ष झैँ यस वर्ष पनि मुलुकमा भएका विभिन्न वन्यजन्तु संरक्षणका लागि 'वन्यजन्तु सप्ताह' मनाउन लागिएको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु