फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा नाफा कमाउने टेलिफोन सेवा प्रदायक कम्पनीको सूचिमा नेपाल पनि

(GMT+08:00) 2019-04-13 15:39:40

विश्वमा नाफा कमाउने टेलिफोन सेवा प्रदायक कम्पनीको सुचिमा नेपाली कमपनी अग्र स्थानमा परेको छ। महालेखा परीक्षकका अनुसार नेपालमा नेपाल टेलिकमको ५८ प्रतिशत र एनसेलको ६२ दशमलव ४ प्रतिशत नाफा रहेको छ। महालेखाले नै तुलना गरेको विश्वको टेलिफोन कम्पनीहरुको नाफा अन्तर्गत अमेरिकाको एक टेलिफोन सेवा प्रदायक कम्पनीले गत सेप्टेम्बरसम्मको विवरण अनुसार ३० दशमलव ६ प्रतिशत मात्रै सञ्चालन नाफा लिने गरेको छ। त्यस्तै, अमेरिकाकै एक कम्युनिकेसन कम्पनीले सोही समय सम्मको विवरण अनुसार ३४ दशमलव १७ प्रतिशत सञ्चालन नाफा लिने गरेको छ।

अर्को तर्फ बेलायतको एक टेलिफोन सेवा कम्पनीले मार्चसम्म ३१ दशमलव ६० प्रतिशत मात्रै सञ्चालन नाफा लिने गरेको छ। युरोपकै एक टेलिफोन गु्रपले कूल ३१ दशमलव ९ प्रतिशत मात्रै सञ्चालन नाफा कमाउने गरेको छ। जर्मनीको एक टेलिकम कम्पनीले त जम्मा २४ प्रतिशत मात्रै सञ्चालन नाफा कमाउने गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। जर्मनीको भने सन् २०१७ को विवरण हो। जापानको टेलिकम कम्पनीले ३० दशमलव ९ प्रतिशत मात्रै सञ्चालन नाफा कमाउने गरेको छ। जापानकै अर्को टेलिकम कम्पनीले ३१ प्रतिशत सञ्चालन नाफा कमाउने गरेको नेपालखबर अनलाइनले लेखेको छ।

यही दर चीनमा ३१ दशमलव ५ प्रतिशत, मलेसियामा ३७ दशमलव ८ प्रतिशत र भारतमा ३६ दशमलव ४० प्रतिशत सञ्चालन नाफा टेलिकम कम्पनीहरुले कमाउने गरेका पाइएको छ। यसरी तुलना गर्दा विश्वका विभिन्न मुलुकहरुका दूरसञ्चार सेवा प्रदायकको सञ्चालन नाफा २४ देखि ३७ प्रतिशतसम्म रहेकोमा नेपालका सेवाप्रदायकको सञ्चालन नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेको छ।

जानकारी तथा लेखहरु