फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्बिनी भ्रमण वर्ष २०७६/७७ का कार्यक्रम सार्वजनिक

(GMT+08:00) 2019-04-13 15:40:22

बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६-७७ का कार्यक्रम सार्वजनिक गरेको छ। भ्रमण वर्षका माध्यमबाट लुम्बिनी र यस क्षेत्रको पर्यटकीय सम्पदाको खोज अन्वेषण गरी पर्यटनसम्बन्धी वातावरण निर्माण गर्न सकिने अपेक्षा गरिएको छ। लुम्बिनी भ्रमण वर्ष २०७६÷७७ मूल समितिको बैठकले प्रदेश सरकारका तर्फबाट तयार गरिएको भ्रमण वर्षका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी स्वीकार गरेको छ।

लुम्बिनी विकास कोषको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार लुम्बिनीमा वार्षिक करिब १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटक आएका छन्।

भ्रमण वर्ष २०७६ को वैशाख बुद्ध पूर्णिमाका दिन सुरु गरी ०७७ सालको वैशाख बुद्ध पूर्णिमाका दिन समापन हुनेछ। भ्रमण वर्षका कार्यक्रम सञ्चालनका लागि रुपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिने बताइएको छ। कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु. चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।

लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महìवका क्षेत्रको पहिचान, संरक्षण र सम्वर्द्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पुर्याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको हो।

कारोबार अनलाइनका अनुसार विश्व शान्तिको प्रतीक मानिने लुम्बिनी क्षेत्र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण क्षेत्र भएकाले विश्वका विभिन्न देशका पर्यटक बर्सेनि भ्रमण गर्न आउँछन्।

जानकारी तथा लेखहरु