फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालीहरुको नयाँ वर्षको उपलक्ष्यमा अमेरिकाको शुभकामना

(GMT+08:00) 2019-04-14 14:16:39

नेपालीहरुको नयाँ वर्ष विक्रम सम्वत् २०७६ अवसरमा अमेरिकाले शुभकामना दिएको छ। अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता मोगार्न ओर्टागुसले एक सन्देश जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षको उल्लासपूर्ण शुभकामना व्यक्त गर्नुभएको हो।

'हामी दुई देशहरुको मित्रता इतिहास लामो छ। भविष्यका खातिर स्वतन्त्र र खुला व्यवस्था साझा स्वार्थको रुपमा रहँदै आएको छ', उहाँले भन्नुभयो।

अमेरिकास्थित जोशिलो नेपाली डायस्पोरा दुई देशबीचको त्यो सम्बन्धको एउटा प्रमाण रहेको ओर्टागुसले उल्लेख गर्नुभएको छ। 'यो नयाँ वर्षमा नेपालसँग क्षेत्रीय र ग्लोबल मुद्दाहरुमा अझ गहिरो सहकार्य हुने अपेक्षा गर्दछौं'उहाँले भन्नुभएको छ।

यसैगरी नेपालखबर अनलाइनका अनुसार अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले ट्विट गर्दै नयाँ वर्ष २०७६ को शुभकामना दिनुभएको छ। उहाँले यो नयाँ वर्षमा ७३ वर्षदेखिको नेपाल-अमेरिका सम्बन्धलाई अझ मजबुत बनाउने आफ्नो प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु