|
|
|
||
बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ।
चीनले एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारी सियान हुँदै बेइजिङ पुग्ने कार्यक्रम छ। सियानमा राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तस्तरीय नेताहरूसँग छलफल गर्ने कार्यक्रम छ।
बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। 'दुई राष्ट्रपतिको भेटमा तीन वर्षअघि भएको नेपाल-चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुन्छ,' मन्त्री ज्ञवालीले भन्नुभयो।
यसअघि गत भदौमा नेपाल र चीनले सम्झौताको प्रोटोकल टुंग्याएका थिए। उक्त प्रोटोकल अनुसार नेपालले चीनका ४ सामुद्रीक र ३ सुख्खा बन्दरगाह प्रयोग गरी सामान ल्याउने सक्नेछ।
वाणिज्य मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रोटोकलमा हस्ताक्षर गर्नेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाइसकेको जानकारी दिनुभयो।
राष्ट्रपति भण्डारी अप्रिल २९ मा बेइजिङनजिकै सुरू हुने बागबनी प्रदर्शनीमा पनि सहभागी हुने तय भएको छ। बेइजिङ भ्रमण सकेर राष्ट्रपति भण्डारी तिब्बत पुगेर वैशाख १९गते स्वदेश फर्किने कार्यक्रम रहेको सेतोपाटी अनलाइनले जनाएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |