फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-बहराइन दौत्य सम्बन्धको तीसौं‌ वार्षिकोत्सवमा चिनियाँ राष्ट्राध्यक्ष सी र बहराइनका राजाबीच शुभकामना साटासाट

(GMT+08:00) 2019-04-18 13:46:09
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल अठार तारिख बहराइनका राजा हामिद बीन इशा अल खालिफासँग दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको तीसौं वार्षिकोत्सवको उपलक्ष्यमा एक-अर्कालाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा सीले दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापनाको तीस वर्षयता दुई मुलुकको द्विपक्षीय सम्बन्ध स्थिरताका साथ अगाडि बढिरहेको बताउँदै विभिन्न क्षेत्रको सहयोगले प्रशस्त उपलब्धि हासिल गरेको पनि बताउनुभयो। साथै सीले राजा हामिदसँग मिलेर दुई मुलुकको दौत्य सम्बन्ध स्थापनाको तीसौ‌ वार्षिकोत्सव र दुई मुलुकले "बेल्ट एण्ड रोड"को संयुक्त रुपमा निर्माण गर्नुलाई सुअवसरको रुपमा लिएर दुई मुलुकको विभिन्न क्षेत्रको सहयोगमा नयाँ भर्‍यांग स्थापनाका लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

यसैगरी हामिदले बहराइनले दुई मुलुकको सम्बन्धलाई निरन्तर रुपमा सबल पार्ने र विकास गर्ने भन्दै चिनियाँ जनताले निरन्तर रुपमा ठूलो प्रगति हासिल गर्ने शुभकामना दिनुभयो।

सोही दिन चीनका प्रधानमन्त्री ली खछ्याङ र बहराइनका प्रधानमन्त्री खालिफा बिन सल्मान अलखालिफाले पनि एक अर्कालाई बधाई सन्देश पठाउनुभयो।

जानकारी तथा लेखहरु