फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता औपचारिक उद्घाटन आज

(GMT+08:00) 2019-04-18 13:55:58
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको भव्य समारोहबीच राष्ट्रपतिबाट आज साँझ औपचारिक उद्घाटन हुँदैछ। प्रतियोगिताका विभिन्न खेलहरु गत चैत २७ गतेदेखि नै जारी छन् गोरखापत्र अनलाइनका अनुसार विसं २०३८ देखि शुरु भएको प्रतियोगिता आठौँ संस्करणको रूपमा नेपालगञ्जमा हुन थालेको हो। नेपालगञ्जमा दोस्रोपटक हुन थालेको प्रतियोगिताले नेपालगञ्ज उल्लासमय बनाएको छ। यसअघि नेपालगञ्जमा विसं २०५५ मा चौथो राष्ट्रिय खेलकूद प्रतियोगिता भएको थियो। 'आठौं राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा' भन्ने मूल नाराका साथ नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा उद्घाट समारोह हुँदैछ। राष्ट्रपति भण्डारीले उद्घाटन गरेको प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते नेपालगञ्जमा गर्नुहुने छ। राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले बृहत् प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै समारोहमा विभिन्न भाषा, कला संस्कृति, वेषभूषामा खेलाडी सहभागी हुने बताउनुभयो। पैँतीस खेल समावेश रहेको प्रतियोगितामा दुई हजार ८२५ पुरुष तथा दुई हजार ३८६ महिला खेलाडी सहभागी छन्। आठौँ राष्ट्रिय खेलकूदमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक गरी करीब १० हजारको प्रत्यक्ष सहभागिता रहनेछ। यसैगरी पहिलोपटक प्रतियोगितामा सात देशका खेलाडीसमेत सहभागी भएका छन्। अष्ट्रेलिया, अमेरिका, मकाउ, दुबई, हङकङ, क्यानडा र मलेशिलाका २५ खेलाडी सहभागी हुँदैछन्।
जानकारी तथा लेखहरु