|
|
|
|||||||||
|
||

दोस्रो "बेल्ट एण्ड रोड"अन्तर्राष्ट्रिय शिखर सम्मेलन हाल पैचिङ्गमा सम्पन्न भयो। यस मञ्चमा जम्मा गरी 6 किसिमका 280भन्दा बढी प्रभावकारी उपलब्धि पाइएको छ साथै 64 अर्ब अमेरिकी डलरको सहयोगात्मक सम्झौताको हस्ताक्षर गरिएको देखिन्छ। विशेषज्ञहरुको विचारमा "बेल्ट एण्ड रोड"को उच्च गुणस्तरीय संयुक्त निर्माण भन्ने लक्ष्यले परियोजना लाभ, सामाजिक लाभ र पर्यावरणीय संरक्षण गरी तीन कुरालाई एकीकृत बनाउने छ।

सन्2017 पहिलो"बेल्ट एण्ड रोड"अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा श्रृंखलावद्ध सहमति पाइएको थियो। साथै यस मञ्चमा भाग लिएका विभिन्न पक्षहरुले धेरै महत्वपूर्ण कदम लागू गर्दै अनेकन प्रभावकारी उपलब्धि पाएको देखिन्छ। तीन दिने दोस्रो"बेल्ट एण्ड रोड"अन्तर्राष्ट्रिय शिखर मञ्चमा पहिलो मञ्चभन्दा अझ ठूलो परिमाण र अझ धेरै एजेन्डा भन्ने विशेषता रहेको छ। यसप्रति छिङ्गह्वा विश्वविद्यालयको राष्ट्रिय रणनीति अनुसन्धान विभागका वरिष्ट अनुसन्धानकर्ता तिङ यी फानका अनुसार यी दुई खेप मञ्चबीच उस्तै तथा लगातार कारकतत्व मात्र नभइ नयाँ विकास तथा परिवर्तन भएको देखिन्छ। उहाँले अगाडि भन्नुभयो:
यस मञ्चको एक स्पष्ट विशेषता भनेको "बेल्ट एण्ड रोड"भन्ने प्रस्तावले झन झन बढी मुलुकको स्वागत पाएको छ। यस प्रस्तावमा भाग लिने मुलुकको संख्या झन झन बढी देखिन्छ भने यस प्रस्तावको प्रभाव झन झन बढी ठूलो छ। पहिलो मञ्चको विशेषता सहयोगात्मक विचार हो भने दोस्रो मञ्चमा यी सहयोगलाई कसरी व्यवहारमा उतार्दै दोगो रुपमा प्रवर्द्धन गर्ने मुख्य विषय रहेको छ।

यस दोस्रो शिखर मञ्चमा चिनियाँ नेताहरुले चीनले श्रृंखलावद्ध महत्वपूर्ण सुधार तथा खुलापनका कदम लागू गर्दै विदेशका लागि खुल्लापनको स्तरलाई उकास्ने सम्बोधन गर्नुभएको छ। अझ ठूलो क्षेत्रको विस्तार गर्दै विदेशी पूँजी चीनमा प्रवेश गर्ने अनुमोदनलाई बढाउने प्रयास चीनले गर्ने छ। जसले चीनको खुल्लापन अठोट देखाउँदै अन्य मुलुकलाई वचनवद्धता दिएको छ। यसप्रति अनुसन्धानकर्ताले भन्नुभयो:
"बेल्ट एण्ड रोड"भन्ने प्रस्ताव मुख्य गरी विकासोम्मुख मुलुकसित सम्बन्धित छ। चिनियाँ बजारको खुलापनबाट यी आर्थिक समूहका लागि लाभ ल्याइने छ। अन्य मुलुकले चीनको विकासको द्रूत विकासको गाडी चढेर उपलब्धिको संयुक्त उपभोग गर्न चीनले स्वागत गरेको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||