फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथा सरसफाई अभियानमा 'कोकाकोला'को सहकार्य

(GMT+08:00) 2019-05-06 14:07:18

कोकाकोलाले बिभिन्न संघसंस्थासंगको सहकार्यमा सगरमाथाको फोहोर उठाउने अभियान सुरु गरेको छ। कम्पनीले नेपाली सेना, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एसपिसिसीसँगको सहकार्यमा अभियानको सुरुवात गरेको सेतोपाटी अनलाइनले लेखेको छ।

'क्लिनआवर प्राइड' भन्ने नाराका साथ सुरु गरिएको यस अभियानले विश्वको सबै भन्दा अग्लो हिमालको पवित्रतालाई सुरक्षित राख्दै यस्को स्वच्छतालाई बचाईराख्ने लक्ष्य लिएको कम्पनीको भनाइ छ।

सगरमाथा सरसफाई अभियान सुरु गर्न खोजिरहेकै बेला कोकाकोला कम्पनीबाट आर्थिक र नीतिगत सहयोग प्राप्त गर्दा कार्यक्रम सफलहुने पक्का भएको पर्यटन विभागका सामान्य निर्देशक डन्डुराज घिमिरेले बताउनुभयो।

 

जानकारी तथा लेखहरु