फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशिया सभ्यता सम्झौता-वार्ता सम्मेलन मे १५ पैचिङमा

(GMT+08:00) 2019-05-09 16:18:21

एशिया सभ्यता सम्झौता-वार्ता सम्मेलन मे १५ तारिख पैचिङमा उद्धाटन हुने भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो सम्मेलनको उद्धाटन समारोहमा भाग लिँदै मुख्य सम्बोधन गर्नुहुनेछ। कम्बोडिया, ग्रिस, सिंगापुर, श्रीलंका, आर्मेनियाका राष्ट्रनायकहरू तथा सरकार प्रमुखहरू, मंगोलियाका नेता, युनेस्को लगायत अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिले सो सम्मेलनमा भाग लिनेछन्। एशियाका ४७ वटा मुलुक तथा अन्य मुलुकका प्रतिनिधिहरूले पनि सम्बद्ध कार्यक्रममा सहभागी हुनेछन्।

एशिया सभ्याता आदानप्रदान, सन्दर्भ र साझा भाग्य समुदाय यस पटकको एशिया सभ्यता सम्झौता-वार्ता सम्मेलनको मुख्य विषय हो। सम्मेलनको अवधिमा उद्धाटन समारोह, शाखा मञ्चहरू, एशिया संस्कृति मेला तथा एशिया सभ्यता साप्ताह कार्यक्रमहरूलाई समेटिएको छ। सम्मेलनमा सहभागीहरूले सभ्यता आदानप्रदानबारे छलफल गर्नेछन्।

जानकारी तथा लेखहरु