मे 12 तारिदेखि 16सम्म चाइना मिडिया ग्रुपबाट प्रस्तुत तीन भागमा समावेश हुने एशिया , सभ्यताको प्रकाश नामक वृत्तचित्र प्रसारण हुँदैछ। उक्त वृत्तचित्रले मानव इतिहासको दृष्टिकणबाट एशियाली सभ्यताको विकास क्रम देखाउनुका साथै विश्वको इतिहास प्रक्रिया अतिरिक्त एशियामा दीर्घकालीन तथा समृद्धि, बहु समिश्रण र आदान-प्रदान तथा आपसी सिकाइ भएको अभ्यता दोहोर्याएको छ।
एशिया सभ्यता संवाद सम्मेलन आयोजना हुनुअघि विश्वको टेलिभिजन क्षेत्रमा एशियाली सभ्यताबारे जानकारी दिने पहिलो "एशिया, सभ्यताको प्रकाश"नामक वृत्तचित्र चाइना मिडिया ग्रुपद्वारा प्रस्तुत गरिएको छ।
प्राप्त जानकारी भएअनुसार, उक्त वृत्तचित्रले एशियामा सभ्यताको उत्पन्न, स्थापना, परिपक्व, समृद्धि, आदान-प्रदान तथा प्रभाव हुने ऐतिहासिक क्रम उल्लेख गरेको छ। वृत्तचित्रमा भियत्नामको राष्ट्रिय पोशाक, कम्बोडियामा अङकोर वाट, जोर्डनमा प्राचीन शहर पेट्रा, मालद्वीपमा समुद्री पर्यावरणलगायत सभ्यताको कथा सुनाइएको छ।
चाइना मिडिया ग्रुपको छायाङ्कन टोली उक्त वृत्तचित्रको छायाङ्क गर्न एशियाका 22 वटा मुलुक तथा क्षेत्र गएको थियो।