फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली सभ्यता संवार्ता सम्मेलन हितकर रहेको पाकिस्तानी राजदूतको भनाइ

(GMT+08:00) 2019-05-20 15:43:03

मे 19 तारिख चीनका लागि पाकिस्तानी राजदूत मासुद खालिदले "बेल्ट एण्ड रोड प्रस्ताव र एशियाली भाग्य समुदायको निर्माण" शीर्षकमा छिङ्ग व्हा विश्वविद्यालयमा आयोजित सेमिनारमा चीनद्वारा संयोजित एशियाली सभ्यता संवाद सम्मेलनले विभिन्न सभ्यताबीचको मेलमिलापयुक्त सहअस्तित्वका लागि हितकर भूमिका सिर्जना गरेको बताउनुभएको छ। उहाँका अनुसार यस सम्मेलनले विभिन्न मुलुक,विभिन्न धर्म,विभिन्न संस्कृतिले मेलमिलाप तथा स्थिर दिशातर्फ विकसित हुनका लागि आदानप्रदान मञ्च प्रदान गरेको छ।

चीन र पाकिस्तानबीचको सम्बन्धबारेमा राजदूत मसुद खालिदका अनुसार सांस्कृतिक दृष्टिकोणबाट हेर्दा इतिहासमा पाकिस्तानको क्वादार संस्कृतिले चीनको बौद्धिक धार्मिक संस्कृतिको प्रचारप्रसार तथा विकासका लागि गहन प्रभाव सिर्जना गरेको छ। भौगोलिक दृष्टिकोणबाट हेर्दा पहाड तथा जलले पाकिस्तान र चीनलाई जोडेको छ जसले यी दुबै मुलुकबीचको व्यापार,संस्कृति र पर्यटनको विकासका लागि महत्वपूर्ण समर्थन दिनएको छ। जनताको आदानप्रदानबाट हेर्दा हाल पाकिस्तानका लगभग 28 हजार विद्यार्थीहरुले चिनियाँ भाषा र चिनियाँ संस्कृति सिकिरहेका छन्। साथै 17 हजार चिनियाँहरुले पाकिस्तानमा विभिन्न क्षेत्रमा काम वा अध्ययन गरिरहेका छन्। यी कारकतत्वले चीन र पाकिस्तानबीचको सम्बन्धको विकासलाई शक्तिशाली रुपमा प्रवर्द्धन गरेको देखिन्छ।

जानकारी तथा लेखहरु