फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एसियाली सभ्यता संवाद सम्मेलनका उपलब्धिहरु

(GMT+08:00) 2019-05-25 16:13:57
यही मे 15 देखि 22 तारिखसम्म एसियाली सभ्यता संवाद सम्मेलन चीनको पैचिङ्गमा आयोजना भयो। एसियाका 47 मुलुक तथा अन्य क्षेत्रका मुलुकका सरकारी पदाधिकारी,सांस्कृतिक,शैक्षिक,संचार,पर्यटन आदि क्षेत्रका प्रतिनिधि लगायत दुई हजार व्यक्तिले सो सम्मेलनमा भाग लिएका थिए। सो सम्मेलनले ठूलो परिमाणको एसियाली सांस्कृतिक मेला र रमाइलो सभ्यता सप्ताह कार्यक्रमको आयोजना गरेको थियो भने धेरैसजो सर्वसाधारणलाई पनि आकर्षित गरेको थियो। सो सम्मेलनमा चिनियाँ तथा विदेशी संस्थाले शृङ्खलाबद्ध बहुपक्षीय तथा द्बिपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुका साथै सभ्यता आदानप्रदानलाई प्रवर्द्धन गर्ने अनेकन प्रभावकारी कदम तथा सहयोगात्मक उपलब्धि सिर्जना गरेका छन्। उनीहरुबीचको सहमति अनुसार एसियाका पुर्खाले संयुक्त उज्यालो सभ्यता उपलब्धि सिर्जना गरेका थिए। एसियाली जनताले उच्च आत्मविश्वास लिँदै एसियाको नयाँ उच्यालो सभ्यताका लागि प्रयास जारी रहनेछ।

सो सम्मेलन सम्बन्धी उपलब्धिमा मुख्य गरी चार बँदामा 26 वटा विषय समेटिएका छन्। चार ठूला बुँदामा एसियाली सभ्यता संवाद सम्मेलन 2019 पैचिङ्ग सहमतिको प्रकाशन,बहुपक्षीय तथा द्बिपक्षीय सहयोगात्मक प्रस्ताव स्थापना,बहुपक्षीय तथा द्बिपक्षीय सहयोग दस्तावेजमा हस्ताक्षर र परियोजना उपलब्धि तथा अनुसन्धान प्रतिवेदन रहेका छन्।

जानकारी तथा लेखहरु