फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मस्कोमा सी चिनफिङको "भनाइ"—सी चिन फिङलाई मन पर्ने कथाहरु रुसी संस्करण प्रसारण सुरु

(GMT+08:00) 2019-06-05 19:05:37

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले रुसको राजकीय भ्रमण गर्नुभएको उपलक्ष्यमा सी चिनफिङको "भनाइ"—सी चिन फिङलाई मन पर्ने कथाहरु रुसी संस्करण जुन ५ तारिख मस्कोमा औपचारिक रुपमा अनलाइनबाट प्रसारण शुरु भएको छ। समस्त रुसी रेडियो टेलिभिजन कम्पनीका प्रेस च्यानल र चाइना मिडिया ग्रुप अन्तर्गत रुसी भाषाको प्रेस चौतारोमा एकैसाथ उक्त शृंखलाबद्ध कार्यक्रम प्रस्तुत गरिएको छ।

चीन र रुस बीचको दौत्य सम्बन्ध कायम भएको ७० औँ वार्षिकोत्सवका लागि मिडियाको आदान-प्रदान सम्बन्धी एक महत्वपूर्ण विषयको रुपमा रही चाइना मिडिया ग्रुपद्बारा बनाइएको उक्त भिडियोले राष्ट्राध्यक्ष सी चिन फिङका सम्बोधन, लेख र मन्तव्यमा रहेका प्राचीन चीनका महा ग्रन्थहरूमध्येका प्रसिद्ध वाक्य र ऐतिहासिक कथाहरूको सङ्कलन रहेको छ। ती विषयहरूबाट राष्ट्राध्यक्ष सीले चीनको उत्कृष्ट परम्परागत संस्कृतिको गहिरो समझदारी र त्यसबाट निकाल्नुभएको देशको सञ्चालन गर्ने बुद्धिमतापूर्ण विचारधारा पनि प्रतिबिम्बित भएको छ।

यसअघि सी चिनफिङको "भनाइ"—सी चिन फिङलाई मन पर्ने कथाहरूको अङ्ग्रेजी, जापानी, गणतन्त्र कोरियाली, स्पेनिस र इटली लगायत विविध भाषाको संस्करणमा अनुवाद भएर प्रकाशन गरिएको छ। त्यसलाई विदेशका नागरिकहरूले निकै सकारात्मक मूल्याङ्कन गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार मन्त्रालयका उपप्रमुख एवं चाइना मिडिया ग्रुपका निर्देशक शन हाइ स्योङले उक्त प्रसारण शुरु हुने समारोहलाई सम्बोधन गर्दै सी चिनफिङको "भनाइ"—सी चिन फिङलाई मन पर्ने कथाहरू रुसी संस्करण मस्कोमा प्रसारण शुरु भएको कुराले रुसी जनताका लागि राष्ट्राध्यक्ष सी चिन फिङको विचारधाराबारे अझ स्पष्टसँग बुझ्न एक प्रत्यक्ष झ्याल खोलेको मात्र नभई एक किसिमको नयाँ तरिकामार्फत चीनको संस्कृतिको श्रेष्ठताको अनुभव गर्नसक्ने कुरा औँल्याउनुभएको छ।

प्राप्त जानकारी अनुसार, सी चिनफिङको "भनाइ"—सी चिन फिङलाई मन पर्ने कथाहरू रुसी संस्करणलाई सेन्ट पिटर्सवर्गको बिशाल एसिया टेलिभिजन स्टेसन, सेन्ट पिटर्सवर्गको रेडियो मेट्रोका मुख्य च्यानल र विविध नयाँ मिडिया चौतारोमा पनि प्रसारण गरिने कार्यक्रम रहेको छ। सोही दिन "चाइना मिडिया ग्रुप तथा समस्त रुसी रेडियो र टेलिभिजन कम्पनी बीचको सहकार्य सम्बन्धी स्मृत्ति सम्झौता" मा हस्ताक्षर पनि भएको छ।

जानकारी तथा लेखहरु