फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली ग्राहकको अनुभवप्रति सचेत रहने हुवावेको भनाइ

(GMT+08:00) 2019-06-08 14:12:53

चिनियाँ मोबाइल कम्पनी हुवावेले आफ्ना नेपाली प्रयोगकर्तालाई कुनै अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। उसले आफूमाथि ल्याउन खोजिएको संकट पार लगाउन कम्पनी सक्षम रहेको भन्दै ग्राहकलाई धैर्य र विश्वास कायम गर्न अपील गरेको अनलाइन खबरले लेखेको छ।

अहिलेसम्म कम्पनीका प्रयोगकर्तालाई वर्तमानमा विकसित घटनाक्रमले कुनै कसर नपारेको दावी पनि कम्पनीको छ। गुगलको प्रतिबन्धले हुवावे फोन प्रयोगकर्तामा कुनै असर नपरेको र भविष्यमा पनि नपर्ने हुवावे टेक्नोलोजी नेपालले दावी गरेको छ। उसले अहिले पनि प्रयोगकर्ताको अनुभवमा कुनै असर नपरेको कम्पनी बताउँछ।

कम्पनीले गुगलको प्रतिबन्धले हुवावे फोन प्रयोगकर्ताको अनुभवमा कुनै असर नपर्ने बताएको हो। हुवावेले आफ्ना ग्राहकलाई नयाँ अनुभव थप गर्न सक्षम रहेको उनले उल्लेख गरेको छ। अहिले देखा परेको समस्याले कम्पनीको आपूर्ति र एजेन्सीमा समस्या आए पनि ग्राहकको मोबाइल प्रयोगको अनुभवमा कुनै असर नपर्ने कम्पनीको दावी छ।

हाल सञ्चालन र स्टोरमा रहेको फोन यसअघि नै गुगलद्वारा सर्टिफाई भइसकेकाले त्यस्ता फोनमा कुनै असर नपर्ने कम्पनीको भनाइ छ। 'अबका दिनमा बन्ने नयाँ मोडलका फोनको विषयमा के हुन्छ ठ्याक्कै भन्न सकिँदैन, तर हाल सञ्चालनमा रहेका फोनमा कुनै असर पर्ने छैन,' कम्पनीले भनेको छ।

ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउन हुवावेले नयाँ-नयाँ सिस्टम उपलब्ध गराइरहने बताएको छ। 'यो प्रतिबन्धले कम्पनीको व्यापारमा केही समयका लागि असर गर्नेछ, कम्पनीका एक प्रतिनिधिले भने, 'दीर्घकालसम्म यसले कुनै असर गर्ने छैन।'

यो समस्यासँग जुध्दै गर्दा कम्पनीको ब्रान्डिङ पनि भएको छ। यसले गर्दा हुवावेप्रति धेरैको साहानुभुति पनि प्राप्त भएको कम्पनीको दावी छ। नेपालमा पनि प्रमियिम रेन्जको स्मार्टफोनको विक्रीमा केही असर परेको छ। तर, इन्ट्री र मिड रेन्जका स्मार्टफोनमा कुनै असर नपरेको बम्पनी बताउँछ।

गुगलले एक्कासी प्रतिबन्ध लगाउँदा ग्राहकमा विभिन्न प्रश्न खडा भएपनि विस्तारै धेरैले यसबारे बुझ्दै गएको कम्पनी बताउँछ। हुवावेले आफ्नै अपरेटिङ सिस्टमका लागि ८ वर्षदेखि काम गरिरहेको बताएको छ, अप्ठेरो अवस्था आए आफ्नै ओएसमार्फत सेवा दिन हुवावे सक्षम हो दावी गरिएको छ।

यस्तो अपरेटिङ सिस्टम कहिलेबाट प्रचलनमा आउँछ भन्ने अहिलेसम्म तय भएको छैन। यो सिस्टमका लागि कम्पनीले आफ्नो मिहिनेत लगाइरहेको छ। हुवावेले अप्ठोरो अवस्था समाना गर्न आफू सक्षम रहेको बताएको छ। तर, सकेसम्म वार्तामार्फत नै यस्तो समस्या सुल्झाउन सकिने कम्पनीको विश्वास छ। हुवावे सम्बन्ध तोड्दा आफूलाई भन्दा बढी गुगललाई घाटा हुने दावी गर्छ।

उसले अहिले बजारमा हुवावेलाई कमजोर बनाउन विभिन्न गलत प्रचारबाजी भइरहेको भन्दै त्यसमा विश्वास नगर्न आग्रह गरेको छ।

जानकारी तथा लेखहरु