फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अस्ट्रेलिया, स्पेन, बंगलादेश र कतारका लागि राजदूत सिफारिस

(GMT+08:00) 2019-06-08 14:15:09

नेपाल सरकारले अस्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चार देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रीपरिषद स्रोतका अनुसार अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा डा. वंशिधर मिश्रलाई राजदूतमा सिफारिश गरिएको नेपाल खबर अनलाइनले लेखेको छ।

नेकपाका नेताहरूले चार राजदूतको सिफारिशमा पार्टीभित्रको शक्ति सन्तुलन मिलाएका छन्। सिफारिशमा परेका चार जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधव नेपाल निकटका छन्। लक्की शेर्पा फर्किएपछि खाली भएको अष्ट्रेलियामा अध्यक्ष प्रचण्डको प्रस्तावमा दाहाललाई सिफारिश गरिएको हो। नेपाल टेलिभिजनको अध्यक्ष रहिसकेका दाहाल अध्यक्ष प्रचण्डका नातेदार पनि हुन्।

भारद्वाज प्रधानमन्त्री ओलीकै प्रस्तावमा कतारको राजदूत सिरफारिश भएका हुन्। झापा काण्डमा १२ वर्ष जेल बसेका उनी त्रिभुवन विश्वविद्यालयको रिडरबाट रिटायर्ड भएका हुन्। उनी पार्टी एकता हुनुअघि नेकपा एमालेको विदेश विभागका सदस्य थिए।

स्पेनका लागि राजदूत सिफारिश भएकी दावाफुटी शेर्पा पर्यटन क्षेत्रमा सक्रिय महिला हुन्। प्रधानमन्त्री ओलीको प्रस्तावमा स्पेनमा राजदूत सिफारिश भएकी दावाफुटी शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन्। अमेरिकाबाट मास्टर्स सकेर फर्केकी ३७ वर्षीया शेर्पा पासाङ ल्हामु प्रतिष्ठानको अध्यक्ष हुन्। पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका दाजु सोनाम शेर्पा उनका पिता हुन्। त्यस्तै बंगलादेशका लागि राजदूत सिफारिश भएका डा बंशिधर मिश्र पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेकपाका नेता हुन्। मिश्र वरिष्ठ नेता माधव नेपालको प्रस्तावमा सिफारिश भएका हुन्

जानकारी तथा लेखहरु