फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यार्चागुम्बा समग्र स्वास्थ्यका लागि अत्यधिक उपयोगी रहेको विज्ञहरूको ठहर

(GMT+08:00) 2019-06-10 15:57:24

जडीबुटी यार्चा समग्र स्वास्थ्यका लागि अत्यधिक उपयोगी रहेको विज्ञहरूले बताएका छन् । 'हिमालयन भियाग्रा' का रूपमा चिनिने यसलाई शक्तिबर्द्धक औषधिका रूपमा उपयोग गरिदै आएको छ ।

कीरा भए पनि आयुर्वेदिक जडीबुटीको श्रेणीमा राखिएको यसको वैज्ञानिक नाम 'कोर्डिसेप्स साइनेसिस' हो । विज्ञहरूका अनुसार यसमा एन्टिब्याक्टेरियल गुण हुन्छ र यसले फोक्सो बलियो बनाउने, मिर्गौला जोगाउने, ब्लिडिङ रोक्नेलगायत काम गर्छ । 'यसले कुनै साइड इफेक्ट गर्दैन,' डा. ऋषिराम कोइरालाले भन्नुभयो, 'सम्पूर्ण शरीरलाई ऊर्जा दिन्छ ।'

'यार्चामा थकान घटाउने गुण छ । खेलकुद, व्यायामपछि थकाइ कम गर्न र पुन: शक्ति प्राप्त गर्न यार्चा उपयोगी छ', स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले भन्नुभयो, 'यौन शक्तिबर्द्धकका रूपमा बढी प्रयोग भए पनि यो एन्टी अक्सिडेन्ट, समग्र शक्तिबर्द्धक, रोग प्रतिरोधक क्षमता बढाउने जडीबुटी हो ।'

सिंहदरबार वैद्यखानाले बनाएको 'स्पेसल च्यवनप्रास' मा विभिन्न आयुर्वेदक जडीबुटीसँगै यार्चाको प्रयोग हुन्छ। शरीरको एजिङ प्रोसेस (बूढो हुने प्रक्रिया) लाई समेत यसले मत्थर पारिदिन्छ । गर्मी सुरु हुँदै गर्दा ढुसीको 'फुटिङ बडी' लार्भाको माथिल्लो भागबाट बाहिर निस्किन्छ । यसले गर्दा यसलाई कीरा–घाँससमेत भनिन्छ । यो समुद्री सतहभन्दा ३ हजार २ सयदेखि ४ हजार ८ सय मिटर उचाइको हिमाली क्षेत्रमा पाइन्छ।

जानकारी तथा लेखहरु