फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवन जिल्ला दूधमा आत्मनिर्भर

(GMT+08:00) 2019-06-12 15:28:48

चितवन जिल्ला दूधमा आत्मनिर्भर बनेको छ। यहाँ उत्पादित दूध आन्तरिक बजार पूरा गरी अन्य जिल्लामा पनि बिक्री हुने गरेको छ। उत्पादनको करिब ४० प्रतिशत अन्य जिल्लामा बिक्री भइरहेको छ। पछिल्लो समय युवासमेत पशुपालनतर्फ आकर्षित भएपछि दूध उत्पादन ह्वात्तै बढेको छ।

जिल्लामा दैनिक २ लाख ८९ हजार ३ सय ३९ लिटर दूध उत्पादन हुन्छ। त्यसको १ लाख २४ हजार लिटर जिल्लामै खपत हुन्छ। कृषि तथा पशुपंछी विकास मन्त्रालयको कार्यविधिअनुसार बुधबार चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषण गर्न लागिएको छ। मन्त्रालयले विश्व खाद्य संगठनको हरेक व्यक्तिलाई २ सय ५० मिलीलिटर दूध आवश्यकपर्ने नीति लिएको छ। यहीअनुसार प्रतिव्यक्तिको आवश्यकताभन्दा बढी उत्पादन भएपछि आत्मनिर्भर भएको हो।

प्रतिव्यक्ति वार्षिक ९१ लिटर आवश्यक पर्नेमा जिल्लामा एक सय ७० लिटर उत्पादन हुन्छ। ३ महिनाको अध्ययन र अनुसन्धानपछि घोषणा गर्न लागिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.विजय श्रेष्ठले बताउनुभयो। चितवन जिल्ला दुग्ध उत्पादनक सहकारी संघ लिमिटेड र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले दूधमा आत्म निर्भर घोषणा गर्न लागेका हुन्। दूधमा आत्मनिर्भर जिल्ला घोषणाले कृषक उत्साहित बनेका छन्। दूध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गरेपछि सरकारको ध्यान केन्द्रित हुने किसानले आशा गरेका छन्। जिल्लामा दैनिक २ लाख ८९ हजार ३ सय ३९ लिटर दूध उत्पादन हुन्छ।

जानकारी तथा लेखहरु