फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सरकारले विज्ञान र प्रविधिसम्बन्धी छुट्टै नीति ल्याउने तयारी

(GMT+08:00) 2019-06-13 15:34:57

सरकारले विज्ञान र प्रविधिसम्बन्धी छुट्टै नीति ल्याउने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ–नयाँ प्रविधिलाई भित्र्याएर मुलुकलाई समृद्ध बनाउने गरी सरकारले विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी गरिरहेको जानकारी दिनुभएको हो।

नेपालखबर अनलाइनका अनुसार उहाँले विज्ञान र प्रविधिको क्षेत्रमा बजेटको कमी हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो। ललितपुरमा आयोजित २ दिने विज्ञान सडक मेलाको बुधबार समापन गर्दै मन्त्री पोखरेलले भएको बजेट सदुपयोग गरेर विज्ञान र प्रविधिको क्षेत्रको विकासमा लागि पर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।

मन्त्री पोखरेलले सरकारले मुलुकको राष्ट्रिय उत्पादनमा वृद्धि गर्न पनि विज्ञान तथा प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पार्नुभयो। विज्ञान र प्रविधिको क्षेत्रमा भएका नयाँ–नयाँ प्रयोगबारे सर्वसाधारणलाई पनि जानकारी दिने उद्देश्यका साथ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले सो मेला आयोजना गरेको थियो।

जानकारी तथा लेखहरु