फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको राजधानी जोडिने नागढुङगा– नौबिसे सुरुङ मार्ग निर्माणको जिम्मेवारी जापानी निर्माण कम्पनीले पाउने

(GMT+08:00) 2019-06-14 15:21:17

नागढुङगा– नौबिसे सुरुङ मार्ग निर्माणको जिम्मेवारी जापानी निर्माण कम्पनीले पाउने भएको छ। सरकारले आव्हान गरेको ग्लोवल टेन्डरमा भाग लिएका चार चिनियाँ र एक जापानी कम्पनीबाट जापानको हाज्मा आन्दो कर्पोरेशन कम्पनी छनौट हुने लगभग निश्चित भएको छ।

कोटेश्वर – सुर्यविनायक, बिपी राजमार्ग बनाएको जापनकै ठूलो निर्माण कम्पनीसँग ठेक्का सम्झौताको तयारी भइरहेको सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिनुभयो।

आर्थिक प्रस्ताव खोल्दा धेरै कबोल गरेपनि जापानी कम्पनीसँग सम्झौताको क्रममा रकम घटाएरमात्र ठेक्का दिने विभागले तयारी गरेको छ। चिनियाँ कम्पनीले न्यून कबोल गरेपनि ऋणदाता जापान सहयोग नियोग९जाइका०ले असहमति जनाएपछि रकम घटाएर जापानी कम्पनीलाई ठेक्का दिने तयारी भएको सेतोपाटी अनलाइनले लेखेको छ।

१३ अर्ब ८५ अर्ब भन्दा माथि कबोल गरेको जापानी कम्पनी ७० करोड रुपैयाँ न्यून आउन तयार भएको छ। यसरी आउँदा ठेक्का १३ अर्ब १५ करोडको हुने छ। यो ठेक्काबाट जापानी कम्पनीले २.७ किलोमिटर सुरुङ, २.५ किलोमिटर सडक, एउटा फल्लाई ओभर र एउटा सर्भिस सेन्टर निर्माण गर्ने छ।२२ अर्बको लागत अनुमान रहेको उक्त सुरुङमार्गमा जापान सरकारले १६ अर्ब ऋण साहयता दिने छ। उक्त अण सम्झौतामा २०७३ सालमै भएको थियो। तर निर्माण कम्पनी छनौट तथा जग्गा अधिग्रहण नहुँदा काम अघि बढ्न सकेको छैन।

जानकारी तथा लेखहरु