फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साञ्जेन खोला जलविद्युत आयोजनाको लागि ऋण सम्झौता

(GMT+08:00) 2019-06-14 18:33:57

७८ मेघावाटको साञ्जेन खोला जलविद्युत परियोजनाको ऋण सम्झौता हस्तान्तरण समारोह काठमाडौंमा शुक्रबार बिहान आयोजना गरिएको छ।

जलविद्युत आयोजनाबारे जानकारी दिँदै नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति प्रकाश पाण्डेले भन्नुभयो, 'यो खोला रसुवा जिल्लामा अवस्थित छ। जलविद्युत परियोजना निर्माण भएपछि ७८ मेघावाट विजुली उत्पादन हुनेछ।'

साञ्जेन खोला जलविद्युत आयोजना चाइना हार्बर कम्पनीले नेपालमा लगानी उपलब्ध गराउनुका साथै निर्माण गर्ने पहिलो आयोजना हो।

आफ्नो आयोजनाबारे जानकारी दिँदै चाइना हार्बरका मूख्य लेखापाल स्युङ शङ छ्वानले भन्नुभयो, 'साञ्चेन खोला जलविद्युत आयोजना नेपालको रसुवा क्षेत्रमा पर्छ भने सो क्षेत्रमा मार्ग, सञ्चार र विद्युतीय पूर्वाधारको निर्माण गरेबाट सुदूर क्षेत्रका मानिसलाई बाहिरी क्षेत्रसँग जोड्न र स्थानीय आर्थिक विकास र जनजीवन स्तर उकास्न मद्दत पुग्नेछ। हाल आयोजना वरिपरिको मार्ग र सञ्चार पूर्वाधारको निर्माण कार्य सुरू भइसकेको छ।'

जानकारी तथा लेखहरु