फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले यस वर्षभित्रै सगरमाथा सम्वाद संचालन गर्ने

(GMT+08:00) 2019-06-15 14:14:11

प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको अन्त्यसम्ममा नेपालले एउटा विश्व मञ्चका रूपमा सगरमाथा सम्वाद (सगरमाथा डाएलग) आयोजना गर्न लागेको बताउनुभएको छ। त्यस्तो बहस पहिलो चरणमै पर्यावरणका विषयमा केन्द्रत हुने पनि उहाँले जानकारी दिनुभयो।

पर्वतारोहण गतिविधिका लागि प्रसिद्ध फ्रान्सको सुन्दर सहर सामोनी मो ब्लाँमा शुक्रबार आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो। त्यस सहरका मेयर मोरिस हर्जोकले धवलागिरि हिमालको सफलतापूर्वक आरोहण गरेर आठ हजार मिटरभन्दा अग्ला हिमाल पनि चढ्न सकिन्छ भनेर संसारलाई सन्देश दिनुभएको थियो।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालजस्ता केही मुलुकले जलवायु परिवर्तनको भार बोक्नु परेको बताउनुभयो।

प्रधानमन्त्री ओलीले हिमाली संस्कृतिको चर्चा गर्दै भन्नुभयो, "हिमाली संस्कृतिबारे जब हामी कुरा गर्छौं, हामीले सामान्य, इमानदार, कडा परिश्रम गर्ने र आतित्यपूर्ण जीवन पद्धति भन्ने बुझ्छौं।"

दुर्भाग्यवस मानवका यी अमूल्य स्रोतहरू जलवायु परिवर्तनको बढ्दो क्रमसँगै गम्भीर चुनौतीको सामान गरी रहेका छन् । यसले महत्वपूर्ण प्रकृतिलाई मात्र असर गरी रहेको छैन, तल्लो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसको जीवनलाई नराम्रोसँग असर गरी रहेको गोरखापत्र अनलाइनले जनाएको छ।

उहाँले नेपाल र फ्रान्स भूगोलका दृष्टिले धेरै टाढा भए पनि दुई देशबीच धेरे कुराहरू समान रहेको पनि बताउनुहुँदै हिमाल तथा हिमाली संस्कृति हाम्रो जीवनपद्धतिलाई निर्धारण गर्ने महत्वपूर्ण पक्ष हुन भन्नुभयो।

जानकारी तथा लेखहरु