फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्रीद्वारा प्रकोपको प्रतिरक्षा तथा उद्धार गर्न निर्देशन

(GMT+08:00) 2019-06-22 14:36:11

चीनमा बाढी तथा खडेरी प्रकोपको प्रतिरक्षा तथा प्रतिरोध कार्य बैठक जुन 21 तारिख च्याङ सी प्रान्तीय नान छाङ शहरमा आयोजना भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य एवं प्रधानमन्त्री ली ख छ्याङले प्रकोपको प्रतिरक्षा तथा उद्धार कार्य आर्थिक तथा सामाजिक विकास र सर्वसाधारणको जन-धनको सुरक्षासित सम्बन्धित भएको भन्दै आदेश दिनुभएको छ। बाढीको समय आएदेखि केही क्षेत्रमा बाढी र भौगोलिक प्रकोपग्रस्त भएर सम्बन्धित विभागले सकेसम्म छिटो प्रतिरक्षा र सामना गर्ने कार्य गरेका छन्। वर्तमान चीनमा बाढीको समय भएकाले बाढी र खडेरी प्रकपको प्रतिरक्षा तथा प्रतिरोधका सामु जटिल तथा गम्भीर परिस्थिति देखा परेको छ। विभिन्न क्षेत्र तथा विभिन्न विभागले पार्टी केन्द्रीय समिति र राज्य परिषदको निर्णयबमोजिम बाढी तथा खडेरीको प्रतिरक्षा तथा प्रतिरोध कार्यलार्य अझ महत्वपूर्ण स्थानमा राख्नुपर्छ। चिनियाँ बाढी तथा खडेरीको प्रतिरक्षा तथा प्रतिरोध मुख्यालयले निर्देशन र समन्वयलाई सबल पारेर सर्वसाधारणको जन-धनको प्रत्याभूति गर्नुपर्छ।

जानकारी तथा लेखहरु