फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीको उत्तर कोरिया भ्रमणबारे चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको वैदेशिक सम्पर्क विभागका प्रमुखको चर्चा

(GMT+08:00) 2019-06-22 14:36:34

सन् २०१९ जुन २० देखि २१ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उत्तर कोरियाको राजकीय भ्रमण गर्नुभएको छ। उहाँको भ्रमण सम्पन्न भएपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको वैदेशिक सम्पर्क विभागका प्रमुख सोङ थाउले पत्रकारलाई यस भ्रमणको अवस्थाबारे जानकारी दिनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

प्रमुख सोङका अनुसार, महासचिव सी चिन फिङको उत्तर कोरिया भ्रमण चीन र उत्तर कोरिया बीचको दौत्य सम्बन्ध कायम भएको ७० औँ वार्षिकोत्सवको ऐतिहासिक उपलक्ष्यमा रहेको मात्र नभई उहाँले पार्टी र देशका सर्वोच्च नेता नियुक्त हुनुभएपछि उत्तर कोरियाको भ्रमण गर्नुभएको यो पहिलो पटक पनि हो। नयाँ युगमा चीन र उत्तर कोरिया सम्बन्धको भावी विकासका लागि त्यस भ्रमणको निकै महत्वपूर्ण अर्थ रहेको छ।

महासचिव सीको यस भ्रमण एक मैत्रीपूर्ण र शान्तिपूर्ण यात्रा भएकाले त्यस भ्रमणबाट चीन-उत्तर कोरिया बीचको परम्परागत मित्रतालाई सुदृढ पार्ने नयाँ रणनीतिक कार्य-योजना अपनाउन उत्तर कोरियालाई समर्थन दिने र कोरियाली प्रायद्बीप समस्याको राजनीतिक तवरले समाधान गर्ने प्रक्रियालाई अघि बढाउने चीनको दृढ अठोट पनि स्पष्टसँग प्रतिबिम्बित गरिएको कुरा पनि प्रमुख सोङ थाउले औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु