फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निरन्तर दवावको उल्टो प्रभाव हुने

(GMT+08:00) 2019-06-22 15:20:45

अमेरिकी वाणिज्य मन्त्रालयले जुन 21 तारिख राष्ट्रिय सुरक्षा चासोका कारण सुगोन र च्याङ नान कम्प्युटर प्रविधि इन्स्टिच्युटलगायत पाँच चिनियाँ इकाईलाई निर्यात नियन्त्रण संस्था सूचीमा राखेर तिनीहरूलाई अमेरिकी आपूर्तिकर्ताबाट पार्ट्स किन्न निषेध गरेको छ। उक्त निर्णय जुन 24 तारिखदेखि व्यवहारमा उतार्नेछ।

यो ह्वावे कम्पनी सूचिमा राखेपछि अमेरिकाले चिनियाँ व्यवसाय विरुद्ध चालेको अर्को एकतर्फी नाकाबन्दी कार्य हो। यसपटक सूचिमा राखेका चिनियाँ व्यवसायको मुख्य कार्य सुपर कम्प्युटरको विकाससित सम्बन्धित छ। हालै सार्वजिक पछिल्लो विश्व सुपर कम्प्युटरका पहिला पाँच सय नामावलीमा चिनियाँ सुपर कम्प्युटर तेस्रो र चौथो स्थानमा पर्नुका साथै कूल संख्या 2 सय 19 भएर पहिलो स्थानमा रहेको छ। यद्यपि अमेरिकी सुपर कम्प्युटर नामावलीमा प्रथम स्थानमा परे तापनि कूल संख्य 116 मात्र छ। जसबाट हेर्दा उद्योग र उच्चस्तरीय प्रविधिको विकास गर्नसक्ने सुपर कम्प्युटर क्षेत्रमा चीन र अमेरिकाबीचको प्रतियोगिता झन् झन् बढेको छ। यस्तो पृष्ठभूमिमा अमेरिकाले तथाकथित राष्ट्रिय सुरक्षा चासोका कारणमा उक्त कार्य गर्ने उदेश्य ह्वावेको फाइभ जी प्रविधिलाई रोक्नेजस्तै चिनियाँ व्यवसायको आपूर्ति शृङ्खला काटेर चीनको वैज्ञानिक तथा प्राविधिक र आर्थिक क्षमतालाई कम पार्नु हो।

एक सातापछि चीन र अमेरिकाका राष्ट्रनायकले जी बीस ओसाका शिखर सम्मेलामा फेरि भेट-वार्ता गर्नुहुनेछ। यसै अवधिमा अमेरिकाले उक्त कार्य गरेर चीनमाथि निरन्तर दवाव दिने र आर्थिक तथा व्यापारिक छलफलमा अझ बढी वार्गेनिङ गर्ने योजना बनाएको छ।

चिनियाँ विज्ञान तथा प्रविधि र अर्थतन्त्रको दीर्घकालीन विकासमाथि दवाव दिने र आर्थिक तथा व्यापारिक छलफलमा चीनमाथि दवाव दिने अमेरिकाको योजना व्यवहारमा उतार्ने छैन।

एकातिर वर्तमान चीनमा करिब 17 करोड श्रेष्ठ व्यक्ति श्रोत हुनुका साथै अनुसन्धान तथा विकासमा लगानी विश्वको दोस्रो स्थानमा रहेको छ। आविष्कार पेटेन्टको आवेदन र प्राधिकरण संख्या विश्वको पहिलो स्थानमा रहेको छ। साथै विश्वव्यापी रूपमा उद्योग शृङ्खला आपसी प्रभावित प्रणालीमा विज्ञान तथा प्रविधिमा अमेरिकाको आधिपत्यवादले चीनको नयाँ सिर्जना तथा विकासलाई रोक्न सक्दैन।

अर्कातिर आर्थिक तथा व्यापारिक छलफलबारे चीनले लिएको समान वार्ताद्वारा समस्याको समाधान गर्दा केन्द्रमा आपसी उचित चासोको विचार गर्नुपर्ने अवधारणा सुदृढ र अविच्छिन्न रहेको छ। अमेरिकाले निष्पक्ष रूपमा चिनियाँ व्यवसायको विचार गरेर अन्यायपूर्ण प्रतियोगिता गर्न खोज्नु हुँदैन। यदि चिनियाँ व्यवसायको उचित अधिकार र फाइदामा क्षति पुगेमा चीनले अविश्वसनीय इकाई सूची परिपाटीबमोजिम सामान्य बजारगत नियम र अनुबन्धीय भावनामाथि उल्लंघन गर्ने र भेदभाव कदम चाल्ने विदेशी इकाइमाथि कदम चाल्नेछ।

चीन र अमेरिकाका राष्ट्रनायकले ओसाकामा फेरि भेट-वार्ता गर्नुहुनेछ। यो विषय ध्यानाकर्षित भइरहेका बेला अमेरिकाले चीन र अमेरिकाका व्यवसायबीच उच्च प्राविधिक व्यापारिक तथा सहयोग गर्ने इच्छालाई सम्मान गर्नुका साथै द्विपक्षीय व्यवसायको वैज्ञानिक अधिकार र फाइदाको सुरक्षा गर्नुपर्छ। कहिलेकाहीँ चीन विरुद्ध लिइएको चरम दवाबले उल्टो प्रभाव पार्न सक्छ।

जानकारी तथा लेखहरु