फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाली सञ्चार-माध्यमद्बारा सीको भ्रमणको उच्च मूल्याङ्कन

(GMT+08:00) 2019-06-22 17:10:40

सन् २०१९ जुन २० देखि २१ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उत्तर कोरियाको राजकीय भ्रमण गर्नुभएको छ। उत्तर कोरियाली केन्द्रीय समाचार समिति र रोदोङ सिमुन आदि उत्तर कोरियाली मुख्य सञ्चार माध्यमहरूले लगातार रुपमा उहाँको यस भ्रमणबारे विस्तृत रुपमा रिपोर्ट गरेर भ्रमणको अर्थको उच्च मूल्याङ्कन गरेका छन्।

उत्तर कोरियाली केन्द्रीय समाचार समितिले जुन २२ तारिख महासचिव सी चिन फिङको भ्रमणबाट दुवै देशको परम्परागत मित्रताको उत्तराधिकार र हातमा हात मिलाएर अघि लम्कने दुवै देशका सर्वोच्च नेतागणको दृढ अठोट पनि स्पष्टसँग प्रतिबिम्बित गरिएको कुरा जनाएको छ।

रोदोङ सिमुनले गत २२ तारिख एउटा लेख प्रकाशित गर्दै उत्तर कोरिया र चीन बीचको ऐतिहासिक मित्रताको पुन:सिंहावलोकन गर्नुबाहेक दुवै देशको सम्बन्धलाई झन् सुदृढ पार्ने कुरामा पनि जोड दिएको छ।

जानकारी तथा लेखहरु