फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष र आयरल्याण्डका राष्ट्रपतिबीच शुभकामना आदानप्रदान

(GMT+08:00) 2019-06-22 19:00:30

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज जुन २२ तारिख आयरल्याण्डका राष्ट्रपति मिचेल डी हिगिन्सलाई चीन र आयरल्याण्ड बीच दौत्य सम्बन्ध स्थापना भएको ४०औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश पठाउनु भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

आफ्नो शुभकामना संदेशमा राष्ट्राध्यक्ष सीले चीन र आयरल्याण्ड बीचको दौत्य सम्बन्ध कायम भएको ४० वर्षदेखि दुवै देशले आपसी सम्मान, समान व्यवहार, आपसी हित र साझा जित हुने भावना बमोजिम द्बिपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर रुपमा विकसित पार्दै आएको उल्लेख गर्नु भएको छ। सो अवसरमा विभिन्न क्षेत्रमा रहेका आपसी आदान-प्रदान र सहकार्यले पनि उल्लेखनीय उपलब्धि प्राप्त गरेको कुरा राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ।

त्यसैगरी आयरल्याण्डका राष्ट्रपति हिगिन्सले चिनियाँ राष्ट्राध्यक्ष सीलाई पठाउनु भएको शुभकामना सन्देशमा वास्तविक निहित शक्तिलाई बढाएर द्बिपक्षीय सम्बन्धलाई अघि बढाउँदै जान आयरल्याण्ड इच्छुक रहेको कुरा उल्लेख गर्नु भएको छ।

जानकारी तथा लेखहरु