फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह्वावेद्वारा अमेरिकी वाणिज्य मन्त्रालयलाई विरुद्ध अदालतमा मुद्दा दर्ता

(GMT+08:00) 2019-06-23 16:20:57

अमेरिकी वाणिज्य मन्त्रालयले ह्वावेमाथि प्रतिबन्ध लगाएर अवैधानिक काम गरेको दावी गर्दै अमेरिकास्थित ह्वावे कम्पनीले वाशिन्टन क्षेत्रीय अदालतसमक्ष अभियोग दर्ता गरेको छ।

अदालतको सार्वजनिक अभियोग अस्तावेज अनुसार, सन् 2017 मा ह्वावे कम्पनीले एउटा कम्प्युटर सर्भर र एउटा इन्टरनेट स्विचलगायत धेरै चिनियाँ दूरसंचार उपकरण अमेरिकी क्यालिफोर्निया राज्यस्थित स्वतन्त्र प्रयोगशालामा पठाएर परीक्षण गरेको थियो। ती परीक्षण गरिएका सामग्रीहरु चीन फर्काउने योजना अनुसार सोही वर्ष सेप्टेम्बरमा चीन फर्काउने क्रममा बाटोमा अमेरिकि वाणिज्य मन्त्रालयले निर्यात अनुमति पत्र चाहिने अथवा नचाहिने भन्दै अध्ययन गर्नका निम्ति नियन्त्रणमा लिएको थियो।

त्यसपछि ह्वावे कम्पनीले आफ्ना सामग्री छोडिदिन अनुरोध गर्दै सम्बन्धित कागजपत्र पेश गरेको थियो। सामान नियन्त्रणमा लिएको 45 दिनभित्र निर्यात अनुमति पत्र चाहिने कि नचाहिने भनेर निर्णय सुनाउनु पर्नेमा हाल 20 भन्दा बढी समय बित्दा पनि अमेरिकी वाणिज्य मन्त्रालयले कुनै निर्णय गरेको छैन।

जानकारी तथा लेखहरु