फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलंकामा संकटकाल थप एक महिनाका लागि लम्बियो

(GMT+08:00) 2019-06-23 16:21:30

श्रीलंकाका राष्ट्रपति मैत्रिपल सिरिसेनले हिजो जुन 22 तारिखदेखि संकटकाललाई थप एक महिना लम्ब्याउने घोषणा गर्नुभएको छ।

हिजै राष्ट्रपति सिरिसेनबाट प्रकाशित बुलेटिनमा यो कदम सार्वजनिक सुरक्षा र सामाजिक व्यवस्थाको रक्षा गर्नका लागि भएको जनाइएको छ।

अप्रिल 21 तारिख श्रीलंकाका धेरै चर्च र विलासी होटलहरूमा अनेकन बम विष्फोटन भएको थियो। जसबाट 2 सय 50 भन्दा बढीको मृत्यु हुनुका साथै करिब 5 सय जना घाइते भएका थिए। अर्को दिन अर्थात अप्रिल 23 तारिखदेखि श्रीलंकामा संकटकाल लगाइएको थियो। मे 22 तारिख राष्ट्रपति सिरिसेनले संकटकाललाई एक महिना लम्बाउनु भएको थियो।

अनेकन बम विष्फोटन घटनामा 9 जना आत्मघाती आक्रमणकारीको पहिचान निश्चित हुनुका साथै घटनासित सम्बन्धित अधिकांश शंकास्पद व्यक्ति पनि पक्राउ परेको श्रीलंका प्रहरीले बताएको छ।

जानकारी तथा लेखहरु