फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले गरेको व्यापारिक संघर्षले विश्व अर्थतन्त्रमा खतरा पुग्ने भारतीय राजनीतिज्ञको धारणा

(GMT+08:00) 2019-06-23 16:21:55

अमेरिकी सरकारले लिँदै आएको व्यापारिक आधिपत्यवाद र एकपक्षीयवादले आफू मात्र नभइ सारा विश्वको समष्टिगत विकास प्रवृत्तिका लागि गम्भिर खतरा सिर्जना गरेको छ। भारतीय कम्युनिस्ट पार्टीका महासचिव सिताराम येचुरीले हालै चिनियाँ पत्रकारसँगको अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार यदि अमेरिकाले चिनियाँ सामानका लागि निरन्तर भन्सार कर बढाउँद जाने हो भने अमेरिकी अर्थतन्त्रको बृद्धि घट्नुका साथै ठूलो परिमाणको रोजगारी गुम्ने सम्भावना छ। अमेरिकाले चीनसँगको व्यापारिक संघर्ष र भारतका लागि जि एस पि ट्रिटमेन्ट रद्द गरेर आफ्नो संकीर्ण विचारधारा प्रतिबिम्बित गराएको छ। वैश्वीकरणको युगमा कुनै पनि मुलुकको विकास विश्वव्यापी प्रणालीबाट अलग हुनसक्दैन। आर्थिक समूहबीचको आर्थिक तथा व्यापारिक विवाद पेशागत अन्तर्राष्ट्रिय संस्थाद्वारा समाधान गर्न चाहिन्छ भने व्यापारिक संघर्ष जस्तै तरिकाको प्रयोग गर्नहुँदैन।

जानकारी तथा लेखहरु