फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपतिद्वारा अवैध आप्रवासीमाथिको नियन्त्रण कार्य दुई साताका लागि स्थगित

(GMT+08:00) 2019-06-23 18:52:39

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन 22 तारिख निर्धारित योजनामा 23 तारिखदेखि सुरू हुने अवैध आप्रवासीमाथि नियन्त्रण कार्यलाई दुई सातापछि सार्नुभएको छ। यो अवैध आप्रवासी समस्याको राजनीतिक समाधान खोज्नका लागि डेमोक्रेटिक र रिप्लिकन पार्टीलाई अझ समय दिइनेछ।

सोही दिन ट्रम्पले सामाजिक संजालमा डेमोक्रेटिक पार्टीको अनुरोधमा उक्त निर्णय गरेको व्यक्त गर्नुभएको छ। यदि दुई पक्षले अमरिकी दक्षिण सिमा क्षेत्रमा आप्रवासी समस्यबारे सहयोग गरेर समाधान उपाय पत्ता लगाउन नसकेमा सम्बन्धित विभागले अवैध प्रवासीलाई फर्काउने धम्की उहाँले दिनुभयो।

अमेरिकी सञ्चार माध्यमका अनुसार, अमेरिकी आन्तरिक सुरक्षा विभागअन्तर्गत आप्रवासन र भन्सार प्रवर्द्धन व्यूरोले जुन 23 तारिखदेखि अटलान्टा, बाल्टिमोर, शिकागो, ह्यूस्टन, लस एन्जलसलगायत दश शहरमा लगभग दुई हजार अवैध आप्रवासी परिवारमाथि नियन्त्रण कार्य चाल्ने योजना बनाएको थियो।

अमेरिकी काँग्रेसको प्रतिनिधि सभाका प्रमुख एवं डेमोक्रेटिक पार्टीकी नान्सी पेलोसीले जुन 22 तारिख सामाजिक संजालमा उक्त निर्णयको स्वागत गर्नुभएको छ। आप्रवासी समस्यको चौतर्फी सुधारका लागि समय चाहिने कुरा उहाँले उल्लेख गर्नु भएको छ।

जानकारी तथा लेखहरु