फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाबाट शताब्दी सन्धि नामक आर्थिक योजना सार्वजनिक

(GMT+08:00) 2019-06-23 18:53:03

अमेरिकी वाइट हाउसले जुन 22 तारिख प्यालेष्टाइन तथा इजरायल समस्यको समाधान गर्न तथाकथित"शताब्दी सन्धि"नामक आर्थिक योजना सार्वजनिक गरेको छ। तर उक्त योजनाको प्यालेष्टाइनबाट बिरोध गरिएको छ।

शान्तिद्वारा समृद्धलाई घच्घच्याउने शीर्षक दिइएको उक्त आर्थिक योजनाको लक्ष्यमा आगामी दश वर्षमा प्यालेष्टाइनका लागि करिब 50 अर्ब अमेरिकी डलरको लगानी गर्ने, प्यालेष्टाइनीलाई 10 लाख रोजगारको सिर्जना गर्ने, प्यालेष्टाइनको बेरोजगार दर लगभग एकल अंकसम्म घटाउने आदि विषय समेटिएका छन् । साथै जोर्डन नदीको पश्चिमी किनारा र गाजा क्षेत्रलाई मध्य-पूर्व क्षेत्रीय तथा विश्व बजारमा भाग लिन सहयोग गर्ने, प्यालेष्टाइनी र वरिपरि देशको सहयोगाई घच्घच्याउने, इजिप्ट, इजरायल, जोर्डन र लेबनानलगायत वरिपरि देशको आर्थिक विकासलाई घच्घच्याउने योजना गरिएको छ।

फाताहका प्रवक्ताले जुन 23 तारिख एक वक्तव्य प्रकाशित गरेर उक्त अमेरिकी योजनाले अरेबीय देशको पैसाद्वारा प्यालेष्टाइन र इजरायलबीच विवादमा राजनीति समाधान गर्ने प्यालेष्टाइनी इच्छालाई मार्ने कुरा भन्दै बहराइन अर्थतन्त्र गोष्ठीमा सहभागी हुने अरेबीय देशसँग अमेरिकाको उक्त प्रस्ताव अस्वीकार गर्न आह्वान गरेका छन्। अमेरिकाको योजनाले प्यालेष्टाइन समस्यालाई अर्थतन्त्र र मानव अधिकारको समस्या बनाउन खोजेको हमासका प्रवक्ताले व्यक्त गरेको छन्। प्यालेष्टाइन इस्लामिक जिहादका नेतागणको विचारमा, अमेरिकाको योजनाले अमेरिका र इजरायलको धारणाको प्रतिनिधित्व गरे तापनि प्यालेष्टाइनी जनताको सिद्धान्त, अधिकार तथा फाइदा र राजनीतिक आग्रहसँग अनुकूल भएको छैन।

जुन 22 तारिख आयोजित फाताह केन्द्रीय समितिको बैठकमा प्यालेष्टाइनी राष्ट्रपति अब्बासले स्वदेश र विश्वमा सबै प्यालेष्टाइनीसँग जुन 24 तारिखदेखि 26 सम्म बन्द र जुलुस गरेर अमेरिकाको उक्त कार्यको विरोध गर्न आह्वान गर्नुभयो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथग्रहणपछि तथाकथित शताब्दी सन्धिको तयार गर्नुभयो। प्यालेष्टाइनलले धेरैपटक उक्त सन्धिलाई अस्वीकार गरेको थियो। सोही महिना 25 तारिखदेखि 26 सम्म अमेरिका र बहराइनले बहराइनमा शान्तिद्वारा समृद्ध घच्घच्याउने शीर्षकको आर्थिक गोष्ठीको आयोजना गर्नेछन्। सो अवसरमा अमेरिकाले उक्त शताब्दी सन्धि नामक आर्थिक योजना प्रस्तुत गर्नेछ।

जानकारी तथा लेखहरु