फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उपराष्ट्राध्यक्ष वाङ्ग छिशानद्वारा चीन-अफ्रिका सहयोग मञ्चका प्रमुखसँग भेटघाट

(GMT+08:00) 2019-06-24 16:00:54

चीनका उपराष्ट्राध्यक्ष वाङ्ग छिशानले आज जुन २४ तारिख जनबृहत् सभा भवनमा सामूहिक रुपमा चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलन उपलब्धीको व्यवहारिक कार्यान्वयन सम्बन्धी बैठकका प्रतिनिधि प्रमुखसँग भेटघाट गर्नुभएको छ।

उपराष्ट्राध्यक्ष वाङ्गले चीन-अफ्रिका केही पुस्ताका नेता तथा दुई मुलुकका जनताको प्रयासमा, चीन-अफ्रिका सम्बन्धमा धेरै उपलब्धी हासिल भएको बताउनुभयो। चीन-अफ्रिका सहयोग मञ्चका उपलब्धी व्यवहारमा उतार्नका लागि बैठकको आयोजना गर्ने, चीन र अफ्रिकाले गत वर्षको सेप्टेम्बरमा भएको सम्मेलनका उपलब्धीलाई व्यवहारमा उतार्ने महत्वपूर्ण कदम रहेको भन्दै उपराष्ट्राध्यक्ष वाङ्गले चीनले निरन्तर रूपमा अफ्रिकासँग चीन-अफ्रिका चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र अझ घनिष्ठ भाग्य एकरुपता निर्माण गर्ने बताउनुभयो।

जवाफमा अफ्रिकी प्रतिनिधिमण्डलका प्रमुखले अफ्रिकाले चिनियाँ विकास ढाँचा र महान उपलब्धीको उच्च प्रशंसा गर्दै संयुक्त रुपमा 'बेल्ट एण्ड रोड'को निर्माण गर्ने अपेक्षा लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु