फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ जी-२० शिखर सम्मेलनमा सहभागी हुने

(GMT+08:00) 2019-06-24 16:03:44
 चिनियाँ परराष्ट्र मन्त्रालयले जुन २४ तारिख स्वदेशी तथा विदेशी संचारमाध्यमका लागि पत्रकार सम्मेलनको आयोजना गर्यो। सिन्ह्वा समाचार समितिका अनुसार २० मुलुक समूहका चिनियाँ मामिला समन्वयनकर्ता एवम् चिनियाँ परराष्ट्र मन्त्रीका सहायक चाङ च्युन, चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री एवं अन्तर्राष्ट्रिय व्यापारिक वार्ताका उपप्रतिनिधि वाङ शौ वन, चिनियाँ जनबैंकका उपप्रमुख छन यु लुले पनि चीनका राष्ट्राध्यक्ष सी चिनफिङसँगै जी-२० नेतास्तरीय १४औं शिखर सम्मेलनमा भाग लिनुहुनेछ।

जी-२० नेतास्तरीय १४औं शिखर सम्मेलन जुनको २८ तारिखदेखि २९ तारिखसम्म जापानको ओसाका शहरमा आयोजित हुनेछ। चीनका राष्ट्राध्यक्ष सीले यो सम्मेलनमा निरन्तर रूपमा सहभागी हुन लागेको यो सातौं पटक भएको पनि चाङ च्युन बताउनुभयो। यसबाट चीनले जी-२० सहकार्य तथा विश्वव्यापी आर्थिक नियन्त्रणको कुरामा धेरै महत्व दिएको प्रष्टिने पनि उहाँले बताउनुभयो।

जी-२० सम्मेलनबाट संयुक्त तथा व्यवहारिक शक्ति देखाउन सकिने र महत्वपूर्ण विश्व आर्थिक मामिलाको समाधान गर्न इमानदार तथा रचनात्मक वार्ताको स्थापना गर्न सकिने, साथै अन्त्यममा नयाँ परिस्थितिमा विश्व आर्थिक विकासका लागि एउटा नयाँ बाटो खोल्न सकिने भएकाले यो अन्तर्राष्ट्रिय समाजलाई नभई नहुने कुरा वाङ शौ वनले औंल्याउनुभयो।

जानकारी तथा लेखहरु