फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ रानी जहाजबाट चीन-अमेरिका सम्बन्ध विच्छेद नहुने प्रक्षेपण

(GMT+08:00) 2019-06-24 16:07:19
 चीन-अमेरिका आर्थिक व्यापारिक घर्षण उच्चस्तरमा पुर्याइए यता अमेरिकी रिपब्लिकन पार्टीका सिनेटर मार्को रबियोले प्रतिनिधित्व गरी थोरै व्यक्तिले घर्षणको मौका छोपेर 'चीन-अमेरिका विच्छेदको सिद्धान्त' प्रसार गरी चीन-अमेरिका आर्थिक व्यापारिक, वैज्ञानिक, प्राविधिक, मानवीय र सांस्कृतिक आदि क्षेत्रको सम्पर्क विच्छेद गराउने घोषणा गरेका थिए। यस्तो सिद्धान्त अपनाएका व्यक्तिहरूले अमेरिकी विकास इतिहासलाई बिर्सिएका छन् कि उनीहरुका पूर्खाले चीनसँग व्यापार गरेर आर्थिक उन्नति गरी आजको अमेरिकाको निर्माण गरेका थिए।

सन् 1784 को फेब्रुअरी २२ तारिखमा स्वतन्त्र भएको अमेरिकाले बेलायतको आर्थिक बन्देज भंग गर्न जर्ज वाशिङ्गटनको जन्म दिनमा एउटा 'चिनियाँ रानी' नामक वाणिज्य जहाज पठाएर सोही वर्षको अगस्ट २८ तारिख चीनको क्वाङ्गचौ सहर पुगेको थियो। यसले प्यासिफिक समुद्रको दुई किनारका 'सबैभन्दा पुराना र सबैभन्दा जवान' दुई मुलुकले पहिलो पटक प्रत्यक्ष व्यापार गरेका थिए। क्वाङ्गचौमा रहेको तीन महिनामा, 'चिनियाँ रानी' वाणिज्य जहाजले तीस हजारभन्दा बढी नाफा गरेको थियो।

दुई सय वर्षअघिको अमेरिकाले चीनसँग समान र आपसी हितयुक्त व्यापारिक गतिविधिमार्फत सफल रुपमा बेलायतको आर्थिक बन्देजलाई भंग गरेर विकास र समृद्धिको बाटोमा हिंडेको थियो। हाल विश्वका पहिलो र दोस्रो ठूला आर्थिक समूहको रुपमा अमेरिका र चीनले आपसी ठूला व्यापारिक साझेदार मुलुक र विश्वका महत्वपूर्ण लगानीकर्ता मुलुक बनिसकेका छन्। के शक्तिले चीन र अमेरिकाबीच यस्तो उच्च आपसी आपूर्ति भएको हो? गहिरो रुपमा भरपर्दो हितयुक्त व्यापारिक सम्बन्धलाई विच्छेद गर्नेजस्तो शक्ति हामीले खोज्न चाहँदैनौ।

हाल उच्चस्तरमा आर्थिक विश्वव्यापीकरण भएकोले, चीन अमेरिकाबीचको व्यापारिक सम्बन्ध दौत्य हित सम्बन्धित मात्र नभई विश्व व्यवसाय श्रृंखला, आपूर्ति र मूल्य श्रृंखलामा पनि जोडिएको छ। चीन र अमेरिकालाई विच्छेद गराएमा विश्व आर्थिक सिलसिला नष्ट हुनुका साथै अन्तर्राष्ट्रिय बजारको देन र मौद्रिक बजार पनि डाँबाडोल हुनेछ। अमेरिकी भूतपूर्व सहायक विदेशमन्त्री सुसान एल शर्कले 'चीन-अमेरिका विच्छेद सिद्धान्त' एउटा ठूलो गल्ती हो भन्दै यसले विश्व अर्थतन्त्रलाई ठूलो क्षति पुर्याउने बताउनुभयो। उहाँले चीन-अमेरिका अर्थतन्त्रको एकीकृत विकासमा विश्वव्यापीकरणको महत्वपूर्ण कोसेढुङ्गा रहेको बताउनुभयो।

चीन र अमेरिका व्यापारिक परिमाण विशाल भएकोले घर्षण उत्पन्न हुनु एउटा सामान्य कुरा हो, दुई पक्षले सही उपाय खोजेर मतभेदलाई नियन्त्रण गरेर सहमतिलाई विस्तृत पार्नुपर्छ। दुई सय तीन वर्षअघि 'चिनियाँ रानी' नामक वाणिज्य जहाजद्वारा शुरु भएको चीन-अमेरिका व्यापारिक इतिहासबारे सिंहावलोकन गरेर भन्सार कर थप्ने, कुनै पनि समस्याको समाधान निकाल्न नसक्ने, तथाकथित 'चीन-अमेरिका विच्छेद सिद्धान्त' पनि एउटा निकै खतरनाक र गैरजिम्मेवार सिद्धान्त हो। आपसी सम्मान, समान र आपसी हित, विवेकशील रुपमा व्यापारिक मतभेदको समाधान मात्रै चीन र अमेरिका दुई पक्षको हितअनुरुप हुने छ।

जानकारी तथा लेखहरु