फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय बहुपक्षीयतावादको समर्थन र प्रभुत्ववादको विरोध गर्ने चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भनाई

(GMT+08:00) 2019-06-24 18:21:53
 चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले जुन २४ तारिख पैचिङमा दक्षिण अफ्रिकाका विदेशमन्त्री नालेडी पान्डोरसँग भेट-वार्ता गर्नुभएको छ।

मन्त्री वाङ यीले चीन र दक्षिण अफ्रिका सम्पूर्ण रूपमा रणनैतिक साझेदार हो भन्दै यी दुवै पक्षबीचको पारस्परिक विश्वास तथा घनिष्ट ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभयो। चीन र दक्षिण अफ्रिकाबीचको सम्बन्ध इतिहासको नयाँ शुरूवात विन्दुमा रहेको बताउँदै उहाँले यी दुवै पक्ष विकासको नयाँ मौकामा रहेको पनि बताउनुभयो। आगामी दिनमा दक्षिण अफ्रिकासँगको उच्चस्तरीय आदान-प्रदानका साथै रणनैतिक विकासलाई गहन पारेर विभिन्न पक्षीय सहकार्यलाई अझ प्रवर्द्धन गर्नुपर्ने र अन्त्यमा यी दुई मुलुकबीचको सम्बन्धमा नयाँ शक्ति थप्न चीन इच्छुक रहेको पनि उहाँले व्यक्त गर्नुभयो।

हाल अन्तर्राष्ट्रिय परिस्थितिमा विभिन्न खालका प्रभुत्ववादले अरू मुलुकको सार्वभौमिकता तथा मुख्य हितमा क्षति गरेको र विश्वको परिस्थितिलाई अनिश्चिततातर्फ धकेलेको देखिन्छ। चीनले दक्षिण अफ्रिका तथा अरू मुलुकहरूसँग मिलेर बहुपक्षीयतावादलाई समर्थन गर्ने र विभिन्न खालका प्रभुत्ववादको विरोध गर्ने साथै एउटा शान्तिपूर्ण तथा सुदृढ विश्व स्थापना गर्ने कुरामा पनि उहाँले जोड दिनुभयो।

प्रत्युत्तरमा दक्षिण अफ्रिकाका विदेशमन्त्री नालेडी पाण्डोरले दक्षिण अफ्रिका र अझ सम्पूर्ण अफ्रिकाले चीनसँग मिलेर सुयंक्त रूपमा प्रभुत्ववादको विरोध गर्नुपर्ने र बहुपक्षीयतावादको सुरक्षा गर्नुपर्ने बताउँदै विश्वव्यापी खुलापनयुक्त व्यापारिक प्रणालीको संरक्षण गर्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु