फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तरकारी तथा फलफूलमा अनिवार्य परीक्षण गर्नुपर्ने नियम लागू

(GMT+08:00) 2019-06-25 14:43:28
 सरकारले तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गरेपछि व्यवसायीले उपत्यकामा ल्याएर परीक्षण सुरु गरेका छन्। आयातीत तरकारी भन्सार नाकामै थन्किएपछि उनीहरू स्वयंले कालीमाटी तरकारी बजारमा रहेको विषादी परीक्षण इकाईमा नमुना परीक्षण सुरु गरेका हुन्।

तरकारी नाकामा रोकिएपछि भैरहवा भन्सार कार्यालय, क्वारेन्टाइन कार्यालय र नेपालगन्ज भन्सार कार्यालयबाट नमुना आएका छन् । सोमबारमात्रै करिब ६२ नमुना परीक्षण गरेर रिपोर्ट पठाएका छौं,' कालीमाटी विषादी परीक्षण इन्चार्ज जागेश्वर शर्माले भन्नुभयो।

सोमबार परीक्षण गरिएको तरकारी तथा फलफूलमा विषादीको मात्रा न्यून देखिएको छ। सरकारले निकासी पैठारीसम्बन्धी आदेश असार २ गते राजपत्रमा प्रकाशित गरिसकेको छ । सूचित आदेशमा ताजा फलफूल तथा तरकारी अनिवार्य परीक्षण गरेर मात्रै भित्र्याउनुपर्ने उल्लेख रहेको कान्तिपुर अनलाइनले जनाएको छ।

तरकारी तथा फलफूल नाकामै रोकिदा त्यसको असर स्वयं व्यापारी र उपभोक्तालाई पर्छ । यसले ताजा तरकारी तथा फलफूलमा असर पर्छ । व्यापारीले त्यसको भार उपभोक्तलाई पर्छ । यी विषयमा सरकारले चासो नदिएको कृषि विभाग तथा खाद्य प्रविधि गुण नियन्त्रण विभागका कर्मचारीहरू बताउँछन् । कालीमाटीबाहेक झापाको बिर्तामोड, सर्लाहीको नवलपुर, पोखरा, बुटवल नेपालगन्जमा पनि क्वारेन्टाइन कार्यालय राखिएको छ ।

जानकारी तथा लेखहरु