फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी-२० मा चीनको आवाज

(GMT+08:00) 2019-06-25 14:59:19

यसै हप्ता चीनका राष्ट्राध्यक्ष सी चिन फिङ जापानको ओसाकामा आयोजना हुने जी-२० शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ। सन् २०१३ देखि राष्ट्राध्यक्ष सीले छ वटा जी-२० शिखर सम्मेलनमा भाग लिनु भएको छ।

आर्थिक वैश्वीकरण समयको प्रवृत्ति हो। सन् २०१३ मा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ जी-२० शिखर सम्मेलनमा पहिलो पटक सहभागी हुनुभएको थियो। रुसको सेन्ट पीटर्सबर्ग आयोजित जी-२० शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीले चीन सरकारद्वारा खुलापन विश्व अर्थव्यवस्थाको पक्षमा रहँदै यसको विकासमा जोड दिएको बताउनुभएको थियो।

सन् २०१४ मा अस्ट्रेलियाका ब्रिस्बेनमा आयोजित जी-२० शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीले विकास अवधारणा र नीतिलाई नविनता, गुणस्तरयुक्त र क्षमतासम्पन्न बनाउन थप ध्यान दिनुपर्ने बताउनुभएको थियो।

सन् २०१५ मा टर्किको एंटाल्यामा आयोजित जी-२० शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीले समष्टिगत अर्थशास्त्रको नीति तथा संचार र समन्वयलाई बलियो बनाउने, सुधार र नवाचारलाई बढाउने, विश्व अर्थव्यवस्थाको दीर्घकालिन विकास क्षमता बढाउने, खुला विश्व अर्थव्यवस्थाको निर्माण र २०३० दीर्घकालिन विकास एजेन्डालाई कार्यन्वयन गर्ने बताउनुभएको थियो।

सन् २०१६ मा जी-२० शिखर सम्मेलन चीनको हाङचौमा आयोजना भएको थियो। राष्ट्राध्यक्ष सीले सम्मेलनमा समानता, खुलापन, सहयोग र साझेदारी विश्वव्यापी आर्थिक प्रशासनको पूर्ण रुप भएको उल्लेख गर्दै चीनको अवधारणालाई पहिलो पटक प्रस्तुत गर्नुभएको थियो।

सन् २०१७ मा जी-२० शिखर सम्मेलन जर्मनीको ह्याम्बर्गमा आयोजना भएको थियो। सो जी-२० शिखर सम्मेलनको मुख्य विषय "अन्तरक्रियाबाट संसारको निर्माण" हो। चीनका राष्ट्राध्यक्ष सीले सम्मेलन सम्बन्धीत् पक्षले संयुक्त रुपमा विश्वलाई जोड्न र विकास मार्गलाई बढाउन आह्वान गर्नुभएको थियो।

सन् २०१८ जी-२० शिखर सम्मेलनको दशौं वार्षिकोत्सव थियो। सो शिखर सम्मेलन अर्जेन्टिनाको ब्यूनस आयर्समा आयोजना भएको थियो। राष्ट्राध्यक्ष सीले सम्मेलनमा सहयोग र खुलाको पालन गर्ने, साझेदारको आत्मापालन गर्ने, नवाचारको विकास गर्ने, र पारस्परिक लाभको सिद्धान्त पालन गर्ने कुराहरू प्रस्तुत गर्नुभएको थियो।

जानकारी तथा लेखहरु