फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनदैनिक अखवारको लेखमा जोडः 'लडाईँ गरेर मात्रै इज्जत प्राप्त'

(GMT+08:00) 2019-06-25 17:05:50

जनदैनिक अखवारले आज जुन पच्चीस तारिख एउटा 'लडाईँ गरेर मात्र इज्जत प्राप्त' शीर्षक लेख प्रकाशित गरेको छ। केही समय यता अमेरिकी सरकारले प्रायः आर्थिक व्यापारिक घर्षणलाई उत्तेजित गरेर चौतर्फी रुपमा चीनमाथि दवाव दिएको छ। प्रभुत्ववादको सामना गर्न, लडाईँ गरेर इज्जत प्राप्त गर्न सक्ने लेखमा उल्लेख गरिएको छ।

नयाँ चीन स्थापना भएको सत्तरी वर्षमा विशेष गरी सुधार तथा खुलापनको नीति लागू गरिएको चालीस वर्ष यता, चीनले ध्यानाकर्षक उपलब्धी हासिल गरेको छ। चीन अहिले विश्वको दोस्रो ठूलो आर्थिक समूह, उत्पादन व्यवसायमा पहिलो ठूलो मुलुक र मालसामान व्यापारको पहिलो ठूलो मुलुक बनिसकेर मैत्रीपूर्ण शक्ति मुलुकको रूपमा द्रूत गतिले उकासिँदै गएको छ। अमेरिकाको विचारमा एउटा 'साट्ठी प्रतिशत सिद्धान्त' भन्ने रहेको छ, एउटा मुलुकको आर्थिक परिमाण अमेरिकाको साट्ठी प्रतिशत भन्दा माथि पुग्दा अमेरिकाले उक्त मुलुकलाई प्रतिद्वन्द्वीको रुपमा लिएर धेरै उपायमार्फत् उक्त मुलुकको विकासलाई विथोल्ने गरेको छ।

चीनको विकास इतिहासको सिंहावलोकन गर्दा चिनियाँ जनताले धेरै पटकको लडाईँमा विजय प्राप्त गरेका छन्, लडाईँमार्फत चिनियाँ जनताले नयाँ परिस्थितिमा प्रतिद्वन्द्वी लगायत सबैको कदर पनि हासिल गरेका छन्। अमेरिका सरकारले चीनमाथि दिएको दवाव, चीनको विकास गर्ने क्रममा वहन गर्नुपर्ने बाह्य चुनौती हो भने लडाईँको भावनालाई प्रसार गरेर जातीय इज्जत र विकासको गुन्जायस प्राप्त गर्नुपर्ने छ।

जानकारी तथा लेखहरु