फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अफ्रिका सहकार्य मञ्चको पैचिङ शिखर सम्मेलन अन्तर्गत समन्वयकर्ता सम्मेलन पैचिङमा शुरू

(GMT+08:00) 2019-06-25 17:15:09
चीन-अफ्रिका सहकार्य मञ्चको पैचिङ शिखर सम्मेलन अन्तर्गत समन्वयकर्ता सम्मेलन जुन २५ तारिख पैचिङमा शुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो सम्मेलनलाई एउटा बधाई सन्देश पठाउनुभएको छ र चीन तथा अफ्रिका यी दुई पक्षले यस सम्मेलनको मौका छोपेर सँगसँगै छलफल, संयुक्त रूपमा निर्माण साथै साझा प्रयोग गर्ने नीतिका आधारमा यस मञ्चको पैचिङ शिखर सम्मेलनबाट आएका परियोजनालाई कार्यान्वयन गर्ने तथा संयुक्तरूपमा "एक पेटी एक मार्ग"को निर्माण कार्यलाई प्रवर्द्धन गर्ने आशा उहाँले लिनुभएको छ।

हाल विश्वको परिस्थितिमा ऐतिहासिक परिवर्तन हुँदैआएको छ र विकासमुखी मुलुकहरूको आर्थिक विकास शक्ति पनि बलियो देखिन्छ। चीन र अफ्रिकाले हातमा हात मिलाएर एकले अर्कालाई सहयोग दिई संयुक्त रूपमा विकास गर्नसक्नेछन्। यसले विकासमुखी मुलुकहरूको विकासमा शक्ति थप्ने र अन्तर्राष्ट्रिय नयाँ सम्बन्धको निर्माण गर्ने साथै मानव भाग्य समुदायको स्थापना गर्ने कार्यमा महत्वपूर्ण योगदान गरेको विषय राष्ट्राध्यक्ष सीको बधाई सन्देशमा समावेश छ।

जानकारी तथा लेखहरु