फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको गण्डकी प्रदेशले किसानलाई दक्ष र व्यावसायिक तालिमका लागि किसानहरू इजरायल पठाउने

(GMT+08:00) 2019-07-08 14:26:31

कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको गण्डकी प्रदेश सरकारले किसानलाई दक्ष र व्यावसायिक बनाउन तालिमका लागि इजरायल पठाउने भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २ सय किसानलाई कृषिको १ वर्षे तालिमका लागि इजरायल पठाउन लागेको जानकारी दिनुभयो।

'१ वर्ष उता तालिम लिँदा र काम गर्दा केही पैसा पनि हाम्रा किसानले कमाउँछन्', मुख्यमन्त्री गुरुङले भन्नुभयो, 'त्यही पैसाले यता आएर व्यावसायिक कृषि गर्न सक्छन्।' विशुद्ध किसानलाई मात्रै तालिमका लागि छनोट गर्ने उहाँले बताउनुभयो। यहाँका किसानलाई तालिम दिनेबारे इजरायलसँग सम्झौता हुन भने बाँकी छ। तर छलफल भइरहेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै कार्यकक्षमा नेपालका लागि इजरायलका राजदूत बेनी वमरले केही अघिमात्रै छलफल गरेपछि अर्को चरणको छलफल पनि भइसकेको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।

गण्डकीका किसानलाई तालिमका लागि इजरायलमा पठाउने चाँजो मिलाउन लमजुङस्थित आराभा नेपाल मोर्डन एग्रिकल्चर लिमिटेडले सहजीकरण गरिरहेको छ। आराभा नेपाल इजरायलमा गई त्यहाँको कृषि प्रणालीअनुसार लमजुङ दुराडाँडामा खेती गरिरहेका युवाले खोलेको पब्लिक लिमिटेड कम्पनी हो। उक्त कम्पनीका कृष्ण बजगाईले पहिला नेपालमै तालिम दिएपछिमात्रै किसानलाई इजरायल पठाइने जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु