फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पनि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय खोल्ने तयारी

(GMT+08:00) 2019-07-09 14:24:37

राष्ट्रिय सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तथा रणनीति निर्माण गर्ने उद्देश्यले स्थापना गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरिएको छ।

विश्वविद्यालय स्थापनाका लागि सुरुवाती चरणको तयारीका लागि भद्रकालीस्थित सैनिक मुख्यालको सभा मण्डपमा सम्पर्क कार्यालय स्थापना गरिएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो। नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आवश्यक जनशक्तिसहित सम्पर्क कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो।

सम्पर्क कार्यालयमार्फत विश्वविद्यालय स्थापनाका लागि आवश्यक प्रक्रिया अघी बढाइने तथा भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक जग्गाको व्यवस्था गरिने जनाइएको छ। हाल विश्वविद्यालयका लागि आवश्यक जग्गा खोजी गर्ने तथा रक्षा मन्त्रालयसँग सहकार्य गर्ने काम भइरहेको नागरिकन्यूज डटकमले जनाएको छ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा प्रतिरक्षा विश्वविद्यालयका लागि बजेट विनियोजन गरेको थियो। विश्वका विभिन्न मुलुकले आफ्नो राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सुदृढीकरण गर्न तथा राष्ट्रिय आवश्यकता र महत्वलाई दृष्टिगत गरी यस खालको विश्वविद्यालय स्थापना गर्ने गर्छन्। अमेरिका, चीन, बेलायतलगायत सार्क मुलुक भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश तथा अफ्रिकी मुलुकहरुमा समेत यस प्रकारका प्राज्ञिक संस्था छन्।

जानकारी तथा लेखहरु