फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाल बन्दै गरेका २२ वटा विद्युतीय आयोजनाबाट तीन वर्षमा ३५ मेगावाट विद्युत् उत्पादन हुने

(GMT+08:00) 2019-07-09 14:25:26

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताउनुभएको छ। राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, 'आगामी तीन वर्षभित्रमा सबै नेपालीको घरमा उज्यालो पुर्‍याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ।'

मन्त्री पुनले अहिले मुलुकमा अघि बढाइएका २२ वटा विद्युतीय आयोजनाबाट आगामी तीन वर्षभित्रमा तीन हजार ५ सय मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिँदै देशमा छरिएर रहेका पैसालाई एकीकृत गरेर विद्युतीय आयोजना निर्माण गर्न सकिन्छ भन्ने विषयको त्रिशूली 'ए' तेस्रोले पुष्टि गरेको बताउनुभयो।

साना आयोजनाबाट उत्पादन हुने बिजुली केन्द्रीय प्रशारणमा जोड्ने र आयोजनालाई लाभ दिने व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले ऊर्जाको माध्यमबाट उद्योग क्षेत्रको विकासका लागि प्रयास भइरहेको बताउनुभयो।

पछिल्लो अध्ययनले मुलुकमा २३ हजारको संख्यामा नदी, नाला, खोला र खोल्सा रहेको उल्लेख गर्दै उहाँले चुरे संरक्षण, नदी नियन्त्रण र तटबन्धका कार्यक्रमलाई पनि सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो। यसअघि नेपालमा छ हजारको सङ्ख्यामा नदीनाला रहेको भनिँदै आएको थियो, कान्तिपुर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु