फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पर्यटकीय आगमन २४.७७ प्रतिशतले वृद्धि

(GMT+08:00) 2019-07-12 14:47:29

नेपालमा पर्यटकीय आगमन २४.७७ प्रतिशतले बढेको छ। संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको 'नेपाल टुरिज्म स्टाटिक्स–२०१८' अनुसार सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका हुन्। जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी हो। यो हवाइ र स्थल दुवै मार्गबाट आउने पर्यटकको सङ्ख्या हो।

पर्यटकको सङ्ख्या बढे पनि समग्रमा पर्यटकको बसाइँ अवधि भने थोरै घटेको छ। सन् २०१८ मा पर्यटकको बसाइँ अवधि १२.४ दिन रहेको छ। नेपाल आउने विदेशी पर्यटकमध्ये अधिकांश विदा मनाउन र मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन्।

यसैबीच सन् २०१८ मा छिमेकी मुलुक भारत र चीनबाट धेरै सङ्ख्यामा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। अघिल्ला वर्षजस्तै नेपालमा बढी पर्यटक भित्रिने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा छन्। भारतबाट सन् २०१८ मा एक लाख ९४ हजार ३ सय २३ र सन् २०१७ मा एक लाख ६० हजार १ सय ३२ पर्यटक नेपाल आएका थिए। सोही अवधिमा क्रमशः चीनबाट एक लाख ५३ हजार ६ सय ३३ र एक लाख चार हजार ६ सय ६४ पर्यटक नेपाल भ्रमणमा आएका थिए। बढी पर्यटक भित्रिने मुलुकमा अमेरिका तेस्रो स्थानमा छ भने श्रीलङ्का चौथो र बेलायत पाँचौँ स्थानमा रहेका छन्। सन् २०१७ मा पनि बढी पर्यटक आउने मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा थिए। अमेरिका तेस्रो र श्रीलङ्का चौँथो, बेलायत पाँचौँ स्थानमा रहेको थियो।

जानकारी तथा लेखहरु